0 COMMENTS

काठमाडौं ०९पुस०७५/   नेपाल राष्ट्र बैंकका केही उच्च अधिकारीहरुले १० रुपैयाको पोलिमर नोट छाप्नुअगावै कम्पनीबाट घूस लिएको तथ्य फेला परेको छ ।

अष्ट्रेलियन प्रहरीको अनुसन्धान र त्यस क्रममा अख्तियारमा बुझाइएको छानबिन प्रतिवेदनमा राष्ट्र बैंकका तत्कालीन नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौड्यालले अस्ट्रेलियन डलर ७ हजार ७ सय ३५ बुझेको उल्लेख छ । रकम बुझ्न पौड्याल गोप्य रुपमा व्यक्तिगत भिसामा अस्ट्रेलिया गएर नोट प्रिन्टिङ लिमिटेडका पदाधिकारीलाई भेटेर फर्केको अख्तियार उच्च स्रोतले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोलिमर नोट छपाइमा भ्रष्टाचार भएको भन्दै पूर्वगभर्नर तिलक रावलसहित तत्कालीन नोट विभाग प्रमुख पौड्याल र मे फ्लावर लिमिटेडका नेपाल एजेन्ट हिमालयबहादुर पाँडेविरुद्ध मुद्दा दायर समेत गरिसकेको छ । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।