0 COMMENTS

कञ्चनपुर ०८पुस०७५/ निर्मला हत्या भएको साउन १० गते ओपेरा होटल र महेन्द्रनगरमा राखिएका सिसी क्यामेराका डिलिट गरिएका फुटेज रिकभर हुन नसकेको प्रहरीले बताएको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रमाण नष्ट गर्ने क्रममा सिसी क्यामेराका फुटेज पनि डिलिट गरिएको भन्ने आवाज उठेपछि ती फुटेज रिकभर गर्न नेपाल प्रहरीमा रहेको एक मात्र डिजिटल फरेन्सिक ल्याब काठमाडौंमा पठाइएको थियो।‘हामीले ओपेरा होटल र महेन्द्रनगरमा रहेका १६ वटा सिसी क्यामेराका डिलिट भएका फुटेज रिकभर गर्न पठाएका थियौं,’ कञ्चनपुर प्रहरी कार्यालयका अनुसन्धान अधिकृत प्रहरी नायब उपरीक्षक कृष्ण ओझाले भने, ‘डिलिट भएको १५ दिनसम्मको फुटेज मात्र रिकभर हुन्छ तर एक महिनापछि फुटेज पठाइएकाले रिकभर हुन नसकेको हो।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।