बासुदेव सेढाइ,लमजुङ०७पुस०७५/लमजुङको बेसीशहर नगरपालिका – ११ चिति रामचाेकमा रहेको सतिपातल महिला सामुदायिक बन उपभोक्ता समितिले विभिन्न महत्त्वपूर्ण निर्णय गर्दै अाफ्नाे बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
समितिले खालि जग्गामा बृक्षराेपण गरि बनलाई हराभरा बनाउने ,भुकम्प पिडितहरु लाई काठ उपलब्ध गराउने गाउँकाे बिकास निर्माण लाई सहयोग गर्ने साथै काेषमा रहेको रकमलाई विभिन्न बिकास निर्माण र उत्पादनमूलक क्षेत्रमा खर्च गर्ने निर्णय समेत गरेको छ । उपभोक्ता हरुकाे जिज्ञासाकाे जवाफ दिदै कार्यक्रमका अध्यक्ष यबं सतिपातल महिला बन उपभोक्ता समितिका अध्यक्ष डम्बरधाेज सेढाईले समितिकाे बार्षिक गतिविधि र अागामि याेजनाका बारेमा स्पष्ट पार्नुभयाे नयाँ समिति बनेपछि बिगतकाे बर्षहरुमा जस्तो अबैध काठ कटान नभएको , काठ बितरणमा निश्पक्ष भएको , अार्थिक गतिविधि अत्यन्तै पारदर्शी भएको भन्दै उपभोक्त हरुले समितिकाे प्रसंसा गरेका थिए ।
बन हामी सबैकाे साझा हाे संरक्षण र उपभाेग गर्ने अधिकार पनि हाम्रो हाे भन्दै अध्यक्षले उपभोक्ताकाे हित र बनकाे संरक्षण मा अाफु लागिरहने बताउनु भयो । जिल्लाका बन प्रतिनिधिले बनकाे नियम र कार्यबिधि बारे प्रकाश पार्नुभएकाे थियोे । सतिपातल सामुदायिक बन उपभोक्ता समितिका संस्थापक अध्यक्ष ईन्द्रा सेढाईले शुभकामना मन्तब्य राख्नुभएको कार्यक्रमकाे सहजिकरण सचिव निता सेढाईले गर्नुभएको थियोे ।