0 COMMENTS

काठमाडाैं०४पुस०७५ /अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाका साबिक रामपुरविर्ता गाविसका प्राविधिक सहायक प्रदीप ठाकुर र कार्यालय सहयोगी राजकुमार महराविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

प्राविधिक सहायक ठाकुरले आफ्नो बुबा र आमाको उमेर बढाएर ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता पाँच वर्षदेखि बुझ्दै आएको र मृतक व्यक्तिको समेत भत्ता निकासा गरी रु १० लाख ८४ हजार ९१४ बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ।

आयोगका अनुसार सामाजिक सुरक्षा भत्ता वितरण गर्दा ५४६ वटा भर्पाईमा आफैँले औँठाछाप लगाई रू नौ लाख ६२ हजार ९१४, सोही कार्यालयका सहयोगी राजकुमार महराले ६६ वटा भर्पाईमा आफैंले औंठाछाप लगाई रू एक लाख २२ हजार गरी कुल रु १० लाख ८४ हजार ९१४ भ्रष्टाचार गरेको पाइएको छ। याे खबर अाजकाे नागरिक दैनिकमा छापिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।