0 COMMENTS

बनजंगल फँडानी ,बाढि पहिरो , उद्योग धन्धा कलकारखाना बाट निस्केको प्रदुषण अादिकाे कारण वातावरणमा प्रतिकुल प्रभाव परेकाे भन्दै वातावरण सन्तुलन कायम राख्न एक ब्यक्ति एक वृक्ष राेपण र एक बर्षमा न्युनतम एक वृक्ष राेप्ने अभियान सुरुवात लमजुङ बाट भएको छ । देसब्यापी रुपमा याे अभियानले सार्थकता पाउन अावस्यक छ ।

त्यसकाे लागि सम्भावना भएसम्म देशकाे सबै नागरिकहरुले यसलाई अवलम्बन गर्न सके बिश्वब्यापि रुपमा बिग्रेको वातावरण सुधार गर्न सकिन्छ । विकसित देशहरुले वातावरण बढि प्रदुषण गरिरहेका छन् भने नेपाल जस्ता मुलुकले कम । वातावरण प्रदुषण यस्तै तरिकाले बढ्दै जाने हाे भने अबकाे १०० बर्ष पछि कस्तो हाेला वायुमण्डल ? त्यसलाई देशका सबै नागरिकहरुले समयमै साेच्न अावस्यक छ । अाफ्नाे जन्मदिनको अवसरमा एउटा रुख राेप्न सके बार्षिक करोडौं रुखहरु राेपिन्छन् त्यसले बिश्वब्यापी वातावरण हराभरा बनाउन सक्छ सयौं रुख काट्न सक्ने मान्छे एउटा रुख राेप्न किन सक्दैन याे गम्भीर प्रश्न हाे प्राकृतिक संरक्षणकाे लागि हामीले रुख राेप्नै पर्दछ यसै बिषयलाई गम्भीरतापूर्वक लिएर लमजुङ बाट एक ब्यक्ति एक वृक्ष राेपण , बर्षमा न्युनतम एक वृक्ष राेपण र जन्मदिनमा वृक्ष राेपण अभियान सुरु भएको हाे ।

लमजुङको बेसीशहर नगरपालिका ८ झिंगे खाेला स्थित राधे राधे भवन नजिकै दशवटा कपुरकाे बृक्षराेपण गरि अभियान सुरु गरिएको हाे । नवगठित लिस्नाे साहित्यिक मञ्च लमजुङका सचिव यबं स्वतन्त्र शक्ति साप्ताहिका संबाददाता लमजुङको बेसीशहर नगरपालिका – ११ चिति रामचाेक बेशि निवासी बासुदेब सेढाईकाे मंसिर – २९ गते पर्न गएको जन्मदिनको अवसरमा अभियानकाे सुरुवात गरिएको हाे ” मैनबत्ति निभाएर हाेईन रुख राेपेर मनाउँ जन्मदिन ” भन्ने प्रतिबद्धताका साथ सुरुभएकाे अभियान लाई सबैले सकारात्मक रुपमा लिन सके यसले सार्थकता पाउने छ ।

डिभिजन बन कार्यलय लमजुङका निमित्त प्रमुख बालकृष्ण खनालले याे अभियान अत्यन्तै राम्रो उदाहरणीय र यसले वातावरण संरक्षणमा महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । लिस्नाे साहित्यिक मञ्च लमजुङका अध्यक्ष वसन्त अधिकारीले याे अभियान लाई निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गर्नुभयो । बृक्षराेपण कार्यक्रममा डिभिजन बन कार्यलय लमजुङका निमित्त प्रमुख बालकृष्ण खनाल राधामाधब समिति अध्यक्ष तिर्थ न्याैपाने सदस्य बालकृष्ण वाग्ले ब्रम्हकुमारि ईश्वरीय बिश्वबिद्धालय लमजुङ बेसीशहरका ज्ञान प्रचारक गुरु देविदास बराल लिस्नाे साहित्यिक मञ्च लमजुङका अध्यक्ष बसन्त अधिकारी उपाध्यक्ष रघुनाथ घिमिरे सहकाेष अध्यक्ष ध्रुवराम प्रधान सदस्य लाेकहरि मरहठ्ठा संचारकर्मि जनक श्रेष्ठ लगाएतकाे उपस्थिति थियोे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।