रमेश बुढाथाेकी १पाैष०७५ इलाम / झापादेखि इलाम सदरमुकाम जोड्ने छोटो बाटो ‘फाष्ट्र ट्रयाक’ राजदुवाली बुढिसुकानी शनिश्चिरे सडक कालोपत्रे हुने भएको छ । मेचीराजमार्गमा सवारीसाधनको चाप बढ्दा साघुरो भई दुर्घटना बढेपछि प्रदेश नम्बर एकको सरकारले इलामको राजदुवालीदेखि झापाको शनिश्चिरे जोड्ने सडक कालोपत्रे गर्ने भएको हो ।
झापाको चारआलीदेखि इलाम सदरमुकामसम्म यात्रा ७८ किलोमिटर पारगर्नुपर्ने भएपनि यो सडक बनेमा ५३ किलोमिटरमा यात्रापछि इलाम पुगिनेछ । झापादेखि पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङ्ग यात्रा गर्न छिटो हुने सडकलाई बुहबर्षे ठेक्का मार्फत कालोपत्रे गर्नका लागि प्रक्रिया अघि बढेको माई नगरपालिका प्रमुख दिपक थेवेले बताउनुभयो । इलामको राजदूवालीदेखिको माईपुलदेखि मेचीराजमार्गमा जोडिने सडक कालोपत्रेका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा ४ करोड रुपैयाँ विनियोजन भएको छ । ‘फाष्ट्र ट्रयाक’ अन्तरगत रहेका गरुवा, करफोक, बुढी सुखानी खोलामा पुल निर्माण सम्पन्न भइसकेको र लोदिया खोलामा पुल निर्माणका लागि बोलपत्र स्वीकृत भई काम शुरु भएको छ ।
सडक क्षेत्रमा झापाको अर्जुनधारा नगरपालिका क्षेत्रमा रहेका बिरिङ्ग र टाङ्गटिङ्ग खोलामा पुल निर्माण भइसकेका छन् । प्रदेश सरकारले ३७ किलोमिटर मध्ये चालु आर्थिक वर्षमा १० किलोमिटरको बहुवर्षे ठेक्का स्वीकृत गरि काम शुरु गर्ने प्रदेश सरकारको पूर्वाधार विकास कर्यालय झापाका डिभिजन प्रमुख राजेश कर्णले बताउनुभयो । सुखानी सहिद पार्क नजिक रहेको सुखानी खोलामा पुल लगाउने काम पनि जर्मन सरकारको सहयोगमा निर्माण गर्न डिपिआर शुरु भएको माई नगरपालिका प्रमखु दिपक थेवेले बताउनुभयो ।
सन्तविर लामा इलामको बडाहामिक हुँदा विक्रिम सम्बत २०१७ मा ट्रयाक खनिएको सडकमा २०४६ सालको राजनीतिक परिवर्तनपछि ट्रयाक सुधार गरि सवारीसाधन गुडाउन थालिएको थियो । ट्रयाक निर्माण भएको ५ दशकपछि सडककको कालोपत्रेका लागि प्रदेश सरकारले कालोपत्रेको योजना अघि सारेको इलाम क्षेत्र नम्बर २ ‘ख’ का सासद धिरेन्द्र सर्मा ‘रमण’ ले बताउनुभयो ।
३७ किलोमिटर सडक निर्माणका एक अबै १५ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । लामो सडक र ठुलो बजेट खर्च हुने भएकाले सबै नेपाली निर्माण व्यवसायीको क्षमता नभएकाले प्याकेज छुट्टयाएर निर्माणको काम अघि बढाउने पूर्वाधार विकास कार्यालयका डिभिजन प्रमुख राजेश कर्णले बाउनुभयो । चार वटा प्याकजेमा ३७ किलोमिटरलाई छुट्टयाएर पहिलो चरणमा १० किलोमिटरको बहुवर्षे ठेक्का स्वीकृत गर्ने वहाँले बताउनुभयो । सडकको बहुवर्षे ठेक्का स्वीकृतिका लागि आगामि मंगलबार प्रदेशको मुख्यमन्त्रिसँगै बैठक रहेको र त्यसपछि बोलपत्रको प्रक्रिया शुरु हुनेछ । अघि सडक डिभिजन कार्यालय इलामले एक वर्ष अघि निर्माण गरकेो डिपिआर अध्ययनको काम भइरहेको र त्यसमा परिमार्जन गर्नुपर्ने कुरा मुख्यमन्त्रिसँगको बैठकबाट पेश गरिनेछ । पहिलो चरणमा झापाको खुदुनाबारीदेखि दानाबारीको शुक्रबारे बजारसम्म कालोपत्रेको प्रस्ताव गरिएको र प्रति किलोमिटर ३ करोडको लाग्ने पुर्वाधार विकास कार्यालयका झापाका डिभिजन प्रमुख राजेश कर्णले बताउनुभयाे ।