0 COMMENTS

काठमाण्डाै२९  मंसिर२०७५/   नेपालको चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ले पहिलो ‘द भ्वाईस अफ नेपाल’ पाएको छ । शुक्रबार कतारको दोहास्थित एमपी थिएटरमा सम्पन्न ग्राण्ड फिनालेमा सर्वाधिक भोटको आधारमा सिडि विजय अधिकारीले उपाधी पाएका हुन् । प्रतियोगितामा चारजना कोचको प्रत्येक टिमबाट अन्तिममा एक/एक जना गरि ‘टप ४’ मा पुगेका थिए । भोटिङका आधारमा भ्वाइस अफ नेपाल घोषणा गरिएको हो ।

गायन प्रतिभा प्रस्फुटन गर्ने रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’को ग्राण्ड फिानालेमा प्रतियोगीहरुका साथै नेपालका चर्चित कलाकारहरुले समेत आफ्नो कला प्रस्तुत गरेका थिए । टप ४ मा पर्नेमा सिडि बिजय अधिकारी, कुशल आचार्य, सप्तक दु्रतराज र श्रिजय थपलिया थिए । फाइनलमा पनि उनीहरुले प्रस्तुती दिएका थिए । नेपालको पहिलो ‘दि भ्वाइस अफ नेपाल’ बिजेता भएसँगै अधिकारीले २५ लाख रुपैयाँको नगद पुरस्कारका साथै रेनोको एउटा कार प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।