0 COMMENTS

काभ्रेपलाञ्चोक, २९ मङ्सिर ०७५/ पनौती नगरपालिका–७ स्थित पनौती आधारभूत विद्यालय (पाठशाला) को नयाँ भवन निर्माण हुने भएको छ ।पिस इन्टरनेशल ट्राभल एण्ड टुर्सको रु तीन करोड ३० लाखको सहयोगमा उक्त विद्यालयको नयाँ भवन निर्माण शुरु गरिएकोे हो । विद्यालयको जीर्ण भौतिक पूर्वाधार देखेर आफू विद्यालयलाई सहयोग गर्न तयार भएको इन्टरनेशनलका अध्यक्ष सर्वोत्तम श्रेष्ठले बताउनुभयो ।

प्रदेश नं ३ का प्रदेशसभा सदस्य चन्द्र लामाले भवनको शिलान्यास गर्दै सो विद्यालयलाई आवश्यक सहयोग गर्न आफू तयार रहेको बताउनुभयो । पनौती नगरपालिकाका नगरप्रमुख भीम न्यौपानेले विद्यालयलाई पनौतीकै नमूना विद्यालयका रुपमा स्थापना गर्न पहल गरिनेमा जोड दिनुभयो ।

उक्त विद्यालयका प्रधानाध्यापक लक्ष्मीकृष्ण ताम्राकारले अहिले विद्यालयमा दिउँसै बत्ती बालेर पढाउनुपर्ने अवस्था रहेको जानकारी दिँदै नयाँ भवन निर्माणपछि सो अवस्थाबाट मुक्ति मिल्ने बताउनुभयोे । हाल विद्यालयमा विद्यार्थी कक्षा आठसम्म जम्मा २५० विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।