0 COMMENTS

काठमाडौं२८, मंसिर०७५/ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड(Chautari Laghubitta Bittiya Sanstha Ltd.)को आईपीओ आज शुक्रबार १२ बजे बाँडफाँड गरिएको थियो । कम्पनीको आईपीओमा २ लाख ७३ हजार ५ सय जनाले १ करोड ७१ लाख कित्ताका लागि आवेदन दिएका थिए । यसमा गोलाप्रथाको माध्यमबाट ५६ हजार ७० जना लगानीकर्ताले १० कित्ताको दरले आईपीओ पाएका छन् भने २ लाख १७ हजार ४३० जनाको हात भने खाली भएको छ ।

आईपीओमा १ अर्ब ७१ करोड १३ लाख १३ हजार रुपैयाँ बराबरको १ करोड ७१ लाख १३ हजार १३० कित्ताका लागि रितपुर्वक आवेदन परेको छ ।कम्पनीको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार शुक्रबार १२ बजे एनआइबीएल एस कार्यालयमा आईपीओ बाँडफाँट गर्ने भएको हो ।

कुल ६ लाख कित्तामध्ये ९ हजार ३ सय कित्ता शेयर कर्मचारी र ३० हजार कित्ता शेयर म्युचुअल फन्डलाई छुट्याएर बाँकी शेयर सर्वसाधारणलाई बिक्री गरिएको हो । रेटिङ एजेन्सी इक्रा नेपालले चौतारीको आइपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।