काठमाडौं, मंसिर २८ । चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड (Chautari Laghubitta Bittiya Sanstha Ltd.) को आईपीओ आज शुक्रबार १२ बजे बाँडफाँड हुने भएको छ । कम्पनीको आईपीओमा २ लाख ७३ हजार ५ सय जनाले १ करोड ७१ लाख कित्ताका लागि आवेदन दिएका छन् । ५६ हजार ७० जनाले आईपीओ पाउने र २ लाख १७ हजार ४३० जनाको हात भने खाली हुनेछ । चौतारीले मंसिर १९ गतेदेखि ५ लाख ६० हजार ७०० कित्ता आइपीओ बिक्री खुला गरेको हो ।
कम्पनीको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार शुक्रबार १२ बजे एनआइबीएल एस कार्यालयमा आईपीओ बाँडफाँट गर्ने भएको हो ।
कुल ६ लाख कित्तामध्ये ९ हजार ३ सय कित्ता शेयर कर्मचारी र ३० हजार कित्ता शेयर म्युचुअल फन्डलाई छुट्याएर बाँकी शेयर सर्वसाधारणलाई बिक्री गरिएको हो । रेटिङ एजेन्सी इक्रा नेपालले चौतारीको आइपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको छ ।