0 COMMENTS

बासुदेव सेढाइ,लमजुङ,२१मंसिर०७५/  सरकारले भन्ने गरेको दिगो बिकास लक्ष्य हासिल गर्न र सुखि नेपाली सम्बृद्ध नेपाल अभियानकाे सपना पूरा हुन सबैभन्दा पहिले पत्रकार सुरक्षित हुनुपर्ने कुरामा एक कार्यक्रमका सहभागी हरुले जाेड दिएका छन् लमजुङको बेसीशहरमा अायाेजित नेपाल पत्रकार महासंघ जिल्ला साखा लमजुङको बार्षिक साधारणसभामा बाेल्ने अधिकांश बक्ताहरुले पत्रकारको सुरक्षाको बिषयमा चासो ब्यक्त गरेका थिय ।

जताततै भ्रष्टाचार र अनियमितता बढिरहेको अवस्थामा त्यस संग लडेर परास्त गर्दै देशमा सुसासन कायम गर्ने , बिकास र सम्बृद्धिकाे बाटोमा मुलुक लाई अगाडि बढाउन संचार जगतकाे महत्त्वपूर्ण भुमिका रहने हुनाले यदि सत्य तथ्य निश्पक्ष समाचार लेखेकै भरमा संचारकर्मिहरु असुरक्षित हुने हाे भने सरकारकाे नारा कसरी सम्भब हुन्छ ? कार्यक्रममा बाेल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पाेख्रेलले सरकार शक्तिशाली हुदा प्रेसमाथि नियन्त्रण गर्न खाेज्ने प्रबृत्ति बढेको भन्दै प्रेस स्वतन्त्रता माथि अंकुश लगाउने दुस्साहस नगर्न सरकारलाई अाग्रह गर्नुभयो । प्रेससंग बाझिने नियम कानुन तत्कालै संशोधन गर्न अाग्रह गर्दै नागरिकहरुले सुचना पाउने अधिकारकाे हेक्का राख्न पनि सरकार लाई सुझाव दिनुभयो । सुचना पाउने प्रतेक नागरिकको अधिकार हाे तर संचारकर्मिले सुचना माग्दा पनि समयमै सजिलोसँग उपलब्ध नहुनु जायज नभएको तर्क गर्नुभयो ।

प्रेस स्वतन्त्रता , मानवअधिकार , बिधिकाे शासन ख्याल गरेर अगाडि बढ्न पत्रकार हरुलाई अाग्रह गर्नुभयो राणाशासन , पंचायत र राजतन्त्र बिरुद्ध लडेर लाेकतन्त्र प्राप्तिका लागि ठुलो याेगदान संचार जगतले गरेको भन्दै संचार जगत बिरुद्ध हुने जुनसुकै गतिविधि बिरुद्ध सम्पूर्ण पत्रकार जगत एकजुट हुनुपर्ने उल्लेख गर्नुभयो । नेपाल पत्रकार महासंघ जिल्ला शाखा लमजुङका संस्थापक अध्यक्ष नवराज पहाडीले पत्रकार सरकार वा कुनै पनि राजनीतिक दलकाे भातृसंगठन बन्न नहुने कुरामा जाेड दिनुभयो । सरकारले गरेका राम्रो कामकाे समर्थन र नराम्रो कामकाे बिराेध र खवरदारि गर्ने रचनात्मक प्रतिपक्षकाे भुमिका निभाउनु पर्ने कुरा उठाउनु भयो । पत्रकार हरुले पाउने सेवा र सुभिदा मा भेदभाव हुनहुदैन उहाँको तर्क थियोे । प्रदेशसभा सदस्य कमला केशीले पत्रकारहरुकाे चरित्र सफा हुनुपर्ने कुरामा जाेड दिनुभयो । केन्द्रीय सदस्य नवीन राज कुँइकेलले पत्रकारहरु लाई अार्थिक प्रलोभनमा पार्न खाेज्नेहरु प्रति इंगित गर्दै पत्रकारहरुकाे अवस्था दयनीय नरहेको र स्वाभिमानका साथ पत्रकारिता गर्न सक्ने अवस्थामा रहेको स्पष्ट पार्नुभयाे ।

पुर्ब अध्यक्ष कृष्ण केशीले अन्य क्षेत्रमा गरिने ठुलो लगानीमा मध्य सानो अंश पत्रकारिता क्षेत्रमा पनि छुट्टाउनु पर्ने धारणा राख्नुभयाे । प्रमुख जिल्ला अधिकारीले पत्रकारितामा गरिएको खर्च खर्च नभएर लगानी संझनु पर्ने तर्क राख्दै संचार माध्यमकाे खवरदारिले मात्रै बिकासकाे काममा हुने ढिला सुस्ति हट्ने बिचार ब्यक्त गर्नुभयो । बेसीशहर नगरपालीका मेयर गुमानसिंह अर्यालले निकै अप्ठ्यारो र समस्याकाे बाबजुद पनि पत्रकारहरुले अाफ्नाे भुमिका निर्वाह गर्नसक्नु प्रशंसनीय रहेको बिचार राख्नुभयाे । कार्यक्रममा बिगत १५ बर्ष देखि लमजुङको पत्रकारिता क्षेत्रमा कलम चलाउदै अाउनुभएका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नवीन राज कुँइकेल बिकास तथा खाेज पत्रकारिता पुरस्कार बाट सम्मानित हुनुभएको थियोे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ लमजुङको भइरहेको गतिविधि र भाबि कार्यक्रमका बारेमा अध्यक्ष अास गुरुङ र सचिव सन्देश पाैडेलले जानकारी गराउनुभएकाे थियोे । कार्यक्रममा गण्डकी प्रदेशका कार्यवाहक अध्यक्ष नारायण शर्मा नेपाल पत्रकार महासंघ लमजुङका उपाध्यक्ष कृष्ण अाले ,जिल्ला समन्वय समिति अध्यक्ष लाेक राज पाण्डे , नेपाल कम्युनिस्ट पार्टी लमजुङका संयाेजक कृष्णप्रसाद अधिकारी , प्रेस सेन्टरका अध्यक्ष रुद्र हरि ढकाल , प्रेस चाैतारिका अध्यक्ष दल ब. मझाकाेटि , प्रेस युनियनका ऋषि अधिकारी , नेपाल पत्रकार महासंघ लमजुङका सल्लाहकार परमेश्वर अधिकारी , लमजुङ उद्योग बाणिज्य संघ बाट गुणराज सिलवाल , लमजुङ कांग्रेस सचिव हरि बराल लगायतले अाफ्नाे मन्तब्य राख्नुभएको थियोे । । नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष अास गुरुङकाे अध्यक्षतामा भएको कार्यक्रममा शुभकामना मन्तब्य उपाध्यक्ष बीमला अधिकारी र सहजिकरण सचिव सन्देश पाैडेलले गर्नुभएको थियो :

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।