0 COMMENTS

भक्तपुर२०, मंसिर०७५/ भक्तपुरको लोकन्थलीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाकाअनुसार राति पौने १२ बजे बा९३प १४१९ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर सडक किनारको रेलिङमा ठोक्किदा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा भक्तपुरको सुर्यबिनायक बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका–४ का २३ वर्षीय कुमार श्रेष्ठ छन् ।

उनको उपचारको क्रममा नागरिक अस्पताल गठ्ठाघरमा गएराति १२ः१५ बजे मृत्यु भएको हो । मोटरसाईकलमा पछाडि सवार सोही ठाउँका २५ वर्षीय राजकुमार श्रेष्ठको भने सोही अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।