पुरानो ,परम्परागत , निर्वाहमुखि कृषि प्रणाली ले मुलुक कृषिजन्य बस्तुमा परनिर्भरता बढ्दै गएको छ तथ्यांक अनुसार बार्षिक अरबाैंकाे कृषिजन्य उत्पादन अायात गर्दा मुलुककाे रकम बाहिर जान्छ जसको कारण देशको अर्थतन्त्र नकारात्मक असर पर्न जान्छ । कृषिमा अाधुनिकिकरण , यान्त्रिकरण , ब्यावशाहिकरण हुन नसक्दा देशकाे ८०% नागरिक कृषि पेसामा अावद्ध हुदा पनि देश परनिर्भर छ ।
विकसित देशमा ५% नागरिक कृषिमा लाग्दा देशलाई मात्रै हाेइन बिदेश निर्यात गर्ने कृषि बस्तु उत्पादन हुन्छ तर नेपालकाे झन्डै पुरै जनसंख्या कृषिमा लाग्दा पनि अाफ्नाे देशलाई पुग्ने बस्तु उत्पादन हुदैन । सरकारकाे तलब भत्ता खाने कृषि प्राबिधिक हरुकाे काम कृषका जग्गाको माटो परिक्षण गरि उपयुक्त वालि लगाउन प्राेत्साहन गर्ने हाे तर त्यस्तो देखिदैन । सरकारले खटाएका कृषि प्राबिधिकहरु कृषकलाई सल्लाह सुझाव दिन पुगेको देखिदैन वास्तवमा भन्ने हाे भने अन्य सरकारि कर्मचारीहरुकाे जस्तो प्रभावकारी भुमिका निभाउन सकेको देखिदैन । कृषककाे उर्जा हुन कृषि प्राविधिक तर यस्तो निराशाजनक स्थितिमा छन् कृषकहरु बिस्तारै अाफ्नाे पेशा बाट नै पलायन भएका छन् तर यसलाई राेक्ने कसले ?
अर्कोतर्फ कृषि क्षेत्रमा काम गर्ने कृषकहरु लाई हेर्ने दृष्टिकोण पनि फरक छ । अन्य पेशा व्यावसाय भन्दा हेलाकाे नजरले हेर्ने हुनाले याे अवलम्बन गर्न सकिरहेको छैन युवा बर्गले । अाफ्नाे माटोमा पसिना पाेखेर उत्पादन गर्नु जसले अाफु मात्रै हाेईन अन्य नागरिकको उपभाेग्य बस्तु उत्पादन गर्ने त्याे माहान काम लाई हामीले किन हेला गरेका छाैं ? बिदेशी भुमिमा ज्यादै तल्लो स्तरकाे काम गर्न पनि पछि नपर्ने हामी नेपाली अाफ्नाे स्वाभिमानकाे पेशा बाट किन भागिरहेका छाैं ? कृषिजन्य उत्पादन अन्य देशबाट अायात नगर्ने हाे भने भाेकभाेकै मर्नुपर्ने अवस्था अाउदा पनि न सरकार न नागरिकहरु लाई चेतना अाएकाे छ । मल , बीउ , सिंचाइकाे व्यावस्था सरकारले गर्ने र उत्पादित कृषि बस्तुकाे भण्डार साथै बिक्रीवितरण पनि सरकारले व्यवस्था गर्न सके कृषि पेशामा अाकर्षण बढ्न सक्छ । गाउँपालिका र नगरपालिका प्रतेक वडा वडामा जनप्रतिनिधिकाे नेतृत्वमा अब कृषि उत्पादन अभियान कृषि क्रान्तिकाे अभियान सरकारले संचालन गर्न अावस्यक छ । सामुहिक तरिकाले अाफ्नाे क्षेत्रमा उत्पादन गर्न सकिने कृषि उत्पादनमा लगानी साथै उत्पादित बस्तुकाे बिक्रीवितरण सामुहिक तरिकाले लाग्न सके समाज अार्थिक हिसाबले बलियो हुन्छ साथै जब गाउँकाे बिकास हुन्छ तब देशकाे बिकास हुन्छ बेरोजगारी घट्छ उत्पादन बढ्छ परनिर्भरता कम हुन्छ देशकाे स्वाभिमान बलियो हुुन्छ ।
ऐले देशका युवायुवती हरु बिदेश हुनाले देशमा श्रमशक्तिकाे अभाव छ । कृषिमा काम गर्ने श्रमिक पाउन मुश्किल छ लगानीको अाधा मात्रै उत्पादन हुने भएपछि याे पेशा संकटमा परेको छ । धेरै जमिन बाँझै छ बाँकी रहेको पनि बिस्तारै बाँझिने क्रममा छ समयमै याे समस्याको समाधान गर्न नसके देशमा भाेकमरिकाे समस्या नअाउला भन्न सकिन्न । खाद्यान्न , तरकारी , फलफूल , दाल , माछा मासु , दुधजन्य सम्पूर्ण उपभाेग्य बस्तुहरु अायातनै नगर्ने अभियान संचालन गर्नुपर्छ । कृषिमा सरकारले लगानीको मात्रा बढाउन अावस्यक छ । बाँझिदै गएको जमिन र बेरोजगार बन्दै गरेका युवाकाे श्रमशक्तिकाे भरपुर उपयोग गरि देशमा कृषि क्रान्ति गर्नु सरकारकाे पहिलो अावस्यकता हाे । ऐले देशमा भित्रीएका कृषि उत्पादन स्वास्थ्यकर नरहेको बिषादियुक्त भएकोले अाम नेपाली नागरिकहरुमा विभिन्न राेगकाे सिकार हुनुपरेको अवस्था छ । पशुपालन त्यसवाट उत्पादन भएको अर्गानिक मलकाे प्रयाेग , स्थानीय बीउ बिजनकाे प्रयोग गरि उत्पादन गरिएको उपभाेग्य बस्तु अर्गानिक र स्वास्थ्यकाे लागि उपयुक्त हुन्छ । नेपालकाे कृषि क्षेत्र लाई मात्रै प्राथमिकता दिन सके पनि देश सम्बृद्ध बन्न सक्छ । कृषि क्षेत्रमा काम गर्ने कृषककाे सम्मान , लगानीको बाताबरण , उत्पादित बस्तुकाे बजार व्यवस्थापन , मल बीउ सिंचाइकाे प्रबन्ध , अाजिवन कृषि पेशामा लागेकाहरु लाई पेन्सनकाे व्यवस्था अादिमा राज्यले जिम्मेवारी लिएर देशैभर कृषिमा अात्मनिर्भर देश बनाउने अभियान चलाउन ढिला गर्न हुदैन अब :
” जय स्वाभिमान ” जय देश ” जय कृषि पेशा “