लमजुङको राईनास नगरपालिका वडा नं ९ निवासी दिपक घिमिरेका छाेरा सन्देश घिमिरेकाे दुवै मृगौला फेल भइ विगत ६ महिना देखि काठमाडौंकाे माहाराजगंज स्थित शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्छ ।
मृगौलाकाे डाईलेसिस भइरहेको र उहाँको घरकाे अार्थिक अवस्था ज्यादै कमजोर रहेको उपचारको क्रममा धेरै रकम खर्च भएकोले थप उपचारका लागि सबैलाई सहयोगकाे अपिल गर्नुभएको छ । अाफ्नाे प्राण भन्दा प्याराे छाेराकाे जीवन बचाउन भनेर उहाँको बुबा विभिन्न संघ संस्था र सरकारि निकायमा समेत धाईरहनु भएको छ । राम्रो उपचार हुनसके जीवन बाँच्न सक्ने चिकित्सककाे भनाइले अासा पलायकाेले जसरि पनि खर्च जुटाउनु पर्ने बाध्यता उहाँको बुबा हुनुहुन्छ । सेवा नै धर्म हाे भन्ने मान्यता हामी नेपाली माझ रहेको छ ।
तपाई हाम्रो सानो सहयोगले कसैको प्राण बच्छ भने सहयोग किन नगर्ने सबै मिलि सानो बाबू सन्देश घिमिरेकाे जीवन रक्षामा जुटाैं । हाल सम्म विभिन्न ब्यक्ति हरुबाट सहयोग रकम हस्तान्तरण भईरहेकाे छ । सहयोगी मनहरु प्रति उच्च सम्मान गर्दै थप सहयोग जुटाउने अभियानकाे लागि सबै सहयोगी मनका धनिहरु , विभिन्न संघ संस्था , सरकारका निकाय हरु संग जीवन रक्षाकाे लागि हार्दिक अपिल गर्दछौं : सहयोगकाे लागि : बुबा दिपक घिमिरे – फाेन : ९८१३०२९०४१ सेवा नै धर्म हाे ।