0 COMMENTS

दमक, १३ मङ्सिर ०७५/झापा उद्योग वाणिज्य सङ्घको भवन निर्माण गरिने भएको छ । गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बुधबार उक्त सङ्घको भवन शिलान्यास गर्नुभयो ।

युवा व्यवसायी केशवकुमार अग्रवालले भवन निर्माणका लागि सङ्घलाई गौरीगञ्ज–३ को एक कठ्ठा जग्गा दान दिनुभएकामा गाउँपालिकाकाले रु १० लाख उपलब्ध गराएपछि भवन निर्माण शुरु गरिएको सङ्घका अध्यक्ष मखना महतोले बताउनुभयो । गौरादह उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा युवा व्यवसायी जीवन राईले सो भवन निर्माणमा रु ५० हजार सहयोग दिने घोषणा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।