0 COMMENTS

काठमाडौ१३मंसिर०७५/ नेपाली सेनाको उच्च नेतृत्वबीच बढुवाको विषयलाई लिएर विवाद चुलिएको छ । रथी पदमा बुवाको बिषयलाई लिएर सेना भित्र तीव्र विवाद बढेको हो । सेनामा साढे तीन महिनादेखि रथी पद खाली छ ।

पूर्णचन्द्र थापा प्रधानसेनापतिमा नियुक्ति भएको केही दिनभित्रै बरिष्ठ उपरथी अनुज बस्न्यातलाई रथीमा बढुवा गर्नु पर्नेमा प्रधानसेनापति थापाले आफ्नो नाता गोताको लागि सेटिङ मिलाउन खोज्दा बस्न्यातको बढुवा धरापमा परेको हो ।

नेपाली सेनाको इतिहासमा यति धेरै अवधिसम्म रथी पद खाली रहेको यो पहिलो घटना हो । पृथ्वीनारायण शाहको एकिकरण कालदेखि नै रही आएको थापा र बस्न्यातबीचको द्धन्द्ध यस पटक फेरि छरप्रस्ट रुपमा बाहिरिएको छ ।

प्रधानसेनापति थापाले आफ्ना बहिनी ज्वाई राजेन्द्रबहादुर कार्कीलाई रथीसम्म पुर्याउने गलत मनसायले बस्न्यातको बढुवालाई अनेकाँै बहानाबाजी गरेर रोकेको सैनिक उच्च स्रोतले जानकारी दिएको खबर अाजकाे नेपाल समाचारपत्रले छापेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।