0 COMMENTS

काठमाडौं,११मंसिर०७५/ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडवे सर्वसाधारणका लागि एक सय रुपैयाँ अंकित ५ लाख ६० हजार ७ सय कित्ता शेयरको आइपीओ निष्कासन गरेको छ । यो वित्तीय संस्थाले यही मंसिर १९ देखि छिटोमा २३ र ढिलोमा पुस १९ सम्मको लागि आवेदन माग गरेको साधारण शेयरमा ५० देखि ३ हजार कित्तासम्म आवेदन दिन पाइन्छ ।

यसको ६ लाख कित्ता साधारण शेयरमध्ये ९ हजार ३ सय कित्ता कर्मचारीलाई, र ३० हजार कित्ता समामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको शेयरको साधारण निष्काशन गरेको हो ।

यसले संस्थापकबाट ६७.४७ प्रतिशत र सर्वसाधारण (कर्मचारी)समेबाट ३२.२६ प्रतिशत गरी कुल १८ करोड ६० लाखको चुक्ता पुँजी पुराउने भएको छ । गत आव २०७४/७५ मा जम्मा १ करोड २ लाख रुपैयाँ मात्रै खुँद नाफा कमाएको यो वित्तीय संस्थाले चालू आवमै ३ करोड ७३ लाख नाफा गर्ने जनाएको छ ।

यसले तीन वर्षमा ५ करोड ७९ लाख रुपैयाँ नाफाको प्रक्षेपण पनि गरेको छ । साधारण शेयर जारी पछि हुने पुँजीलाई पशुपालन तथा कृषि कर्जा, खुद्रा व्यापार तथा सेवा र साना तथा घरेलु कर्जामा गरी ६ करोड रुपैयाँ कर्जा लगानी गर्ने वित्तीय संस्थाले जानकारी दिएको छ ।

यसको शेयर आवेदन सी आस्वा सदस्य सबै वित्तीय संस्थाबाट गर्न सकिने छ । यसको बिक्री प्रवन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।