0 COMMENTS

उदयपुर१०मंसिर०७५ / उदयपुरमा चुन ढुंगा बोक्ने टिफरले आइतबार राति ९ बजे ठक्कर दिँदा एक जनाको घटना स्थलमै ज्यान गएको छ । कसमस सिमेन्टको ढुंगा बोक्ने टिफरले ठक्कर दिँदा त्रियुगा नगरपालिका ७ चुहाडे कपसा बस्ने इन्द्र राईका छोरा अन्दाजी १९ वर्षिय सोनाम राईको घटना स्थलमै मृत्यु भएको थियो । एक महिनादेखि उदयपुरगढी गाउँपालिका वडा नं. ४ र ८ स्थित सरुने गाउँबाट कसमस सिमेन्ट उद्योगको चुन ढुंगा टिफरले बोक्दै आएको छ । ठक्कर दिने टिफर भने फरार रहेको प्रहरीले जानकारी दिए । चुन ढुंगा बोक्ने दुई दर्जन भन्दा बढी टिफरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । अहिले स्थानीले टिफर आवत जावतमा रोक लगाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।