काठमाण्डाै०९मंसिर०७५/ सामुदायिक लघुवित्तले जारी गरेको आइपिओ सोमबार विहान बाँडफाँड हुने भएको छ । लघुवित्तले सर्वसाधारणमा निष्काशन गरेको २ लाख ७३ हजार कित्ता शेयरमा ६१ गुणा बढी आवेदन परेको थियो ।
बिक्री प्रबन्धक एसबिआई मर्चेन्ट बैंकिङ्गले सामुदायिक लघुवित्तको आइपिओ सोमबार विहान बाँडफाँड गरिने मेरो लगानीलाई जानकारी दिएको छ ।लघुवित्तले मंसिर २ गतेदेखि ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपिओ निष्काशन गरेको थियो । जसमध्ये संस्थाका कर्मचारीलाई १२ हजार कित्ता तथा सामुहिक लगानी कोषलाई १५ हजार कित्ता शेयर छुट्याउँदा बाँकी रहने २ लाख ७३ हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्तामा बाँडफाँड हुनेछ ।
उक्त आइपिओमा दुई लाख ५४ हजार आवेदकले आवेदन गरेका छन् । आवेदन गरेकाहरु मध्ये २ लाख २७ हजार बढी आवेदकको रित्तो हात हुने देखिएको छ । लघुवित्तको शेयर गोलाप्रथाबाट २७ हजार ३ सय १० आवेदकले १० कित्ताका दरले मात्र पाउने छन् ।
संस्थाको आईपिओमा न्युनतम ५० र बढीमा एक हजार पाँच सय कित्तासम्म आबेदन गर्न पाइने व्यवस्था गरिएको थियो ।७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आइपिओ निष्काशन पश्चात चुक्ता पूँजी दश करोड रुपैयाँ पुग्नेछ । आइपिको निष्कासन पश्चात कम्पनीमा संस्थापक लगानीकर्ताको ७० प्रतिशत तथा साधरण लगानीकर्ताको ३० प्रतिशत सेयर स्वामित्व कायम हुनेछ ।नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त यस वित्तीय संस्थाले २०७० साल चैतबाट कारोवार गर्दै आएको ।