0 COMMENTS

काठमाडौं ०९मंङ्सिर०७५/ सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘अनौपचारिक’ सवारीका लागि टोयोटाको गाडी खरिद गर्न प्रतीतपत्र खोलेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा छ ।

महँगो लिमोजिनका सट्टा तीन वटा हाइल्यान्डर किन्न लागिएको हो । त्यसमा एक बुलेटप्रुफ, अर्का दुई वटा बुलेटप्रुफ जस्तेै देखिने ‘फुलअप्सन’का विलासी गाडी हुनेछन् ।

गाडी खरिदलाई लिएर चर्को विरोध भइरहँदा पनि सरकारले थाइल्यान्डको ओरा इन्टरट्रेड कम्पनी लिमिटेडमार्फत गाडी ल्याउने तयारी गरेको छ ।नेपालमा टोयोटा गाडी बिक्री गर्दै आएको वैद्य अर्गनाइजेसनले यसमा सहजीकरण गरेको छ । यसको ओरासँग सीधा सम्बन्ध छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।