0 COMMENTS

नमराज भट्ट,०९मंङ्सिर०७५/ हिजाे  बाराको सिमरामा नि:शुल्क स्वास्थ्य सिविरको आयोजना गरिएको छ। यस फाउन्डेसन फर नेपालको आयोजनामा दुधौरा रिभरसाईडमा चलिरहेको बारा महोत्सव कार्यक्रममा एकीकृत चिकित्सा विकास संस्था (आईएमडीएफ नेपाल) को संयोजनमा एक दिने नि:शुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य सिविरको आयोजना गरिएको हो।

आयुर्वेद शल्य विशेषज्ञ डा. रमेश पौडेल, नेत्र रोग विशेषज्ञ डा. पुष्पराज पौडेल, योग तथा पुनःस्थापन विशेषज्ञ डा. विनोद घिमिरे, डा. कोपिला अधिकारी तथा डा. सुमन खनालद्वारा झण्डै ४०० जना स्थानिय बिरामीहरूको नि:शुल्क स्वास्थ्य परिक्षण तथा अौषधी वितरण गरिएको थियो। कार्यक्रममा आयुर्वेद क्याम्पस कीर्तिपुरका ईन्टर्न तथा विद्यार्थीहरूले स्वयंसेवा गरेका थिए। एकीकृत चिकित्सक विकास संस्था (आईएमडीएफ नेपाल)ले नेपालका विभिन्न स्थानहरूमा नि:शुल्क स्वास्थ्य सिविरको आयोजना गर्दैआएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।