0 COMMENTS

कञ्चनपुर ०९मंङ्सिर०७५/ बलात्कारपछि हत्या भएकी १३ वर्षकी बालिका निर्मला पन्तका बुवा यज्ञराज पन्तलाई निजी गाडी मार्फत काडमाडौँ लगिएको छ ।

असामान्य व्यवहार देखाएका पन्तलाई उपचारका लागि विमान मार्फत धनगढीबाट काठमाडौँ लैजाने तयारी भएको थियो । तर विमानले उनलाई लैजान नमानेपछि शनिबार राति निजी गाडी मार्फत काठमाडौँ लगिएको हो ।

पन्तलाई सेती अञ्चल अस्पतालमा लगेर बेहोस बनाइ निजी गाडीमा राखेर उपचारका लागि काठमाडौँ लगिएको हो । पन्तसँगै डाक्टरहरु पनि काडमाडौँ गएका छन् ।

प्रहरी सहायक निरीक्षक दीपक धामीको नेतृत्वमा तीन जनाको प्रहरी टोली र सेती अञ्चल अस्पतालका स्वास्थ्यकर्मी सुनिल विक टोलीमा छन् । छोरीको हत्यारालाई कारवाहीको माग राख्दै धर्नामा बसेका यज्ञराजले धर्नास्थलमा बर्बराउने, अधिकारकर्मीहरुलाई समेत तथानाम गाली गर्ने, सडकमा जिन्दावाद र मुर्दावाद भन्दै एक्लै नारा लगाउने जस्ता क्रियाकलापहरु देखाउन थालेका थिए ।

उनलाई शनिबार जहाजबाट काठमाडौँ ल्याउन खोज्दा पनि धनगढी विमानस्थलमा असामान्य व्यवहार देखाएपछि उडानका लागि योग्य नरहेको भन्दै रोकिएको थियो । विमानस्थलमा उनले रुने कराउने, गालिगलौज गर्ने जस्ता क्रियाकलाप देखाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।