0 COMMENTS

बासुदेब सेढार्इ,०८लमजुङ०७५/ लमजुङको बेसीशहर नगरपालिका – ३ गाउँशहर बसाैला गाउँमा रहेको शिवशक्ति बचत तथा ऋण सहकारी संस्थाकाे २१ अाैं बार्षिक साधारणसभा नयाँ रचनात्मक र सकारात्मक सन्देश दिदै सम्पन्न भएको छ ।

सहकारीको बिबिध पक्षमा उपस्थित बक्ताहरुले अा- अाफ्नाे धारणा राखेका थिय । प्रमुख अतिथि जिल्ला बचत संघ लमजुङका अध्यक्ष दुर्गा भक्त धमलाले मुलुककाे बिकासमा सहकारीको महत्त्वपूर्ण भुमिका रहेको छ । सहकारीले स्थानीय निकाय संग समन्वय र सहकार्य गरि गाउँकाे बिकासमा जुट्नु पर्ने बताउनुभयो । ग्रामिण क्षेत्रमा सहकारीको अझै धेरै महत्त्व हुने हुनाले यसबारेमा सेयर सदस्य सचेत हुन अावस्यक छ भन्नुभयो । सहकारीले उत्पादनमा जाेड दिनुपर्ने भन्दै फजुल खर्च राेकेर सेयरमा बृद्दि गर्न सदस्यहरु लाई अाग्रह गर्नुभयो । बिशेष अतिथि केन्द्रीय बचत तथा ऋण सहकारी संस्था लमजुङका प्रमुख सन्तोष तिवारीले संस्था जेठो भएपनि अार्थिक गतिविधिमा केही कमजोर देखिएकोले सुधार गर्नुपर्ने अावस्यकता अाैंल्याउनु भयो । उपभोक्ता हित संरक्षण मंचका अध्यक्ष यबं समाजसेवी ज्याेति बानियाँले सहकारी लाई अाफ्नाे सामाजिक ,अार्थिक ,बाैद्धिक हरेक तरिकाले सहयोग गर्न तयार रहेको अाफु गाउँ बाट टाढा रहेपनि सहकारी संग सहकार्य गरेर अगाडि बढ्ने याेजना बनाएको बताउनुभयो ।

अाफु जन्मेको माटो लाई माया गर्नुपर्ने भन्दै अाफु जाहा भएपनि गाउँकाे बिकासमा लागि रहने बताउनुभयो । वडा अध्यक्ष सुर्य कुमार श्रेष्ठले वडा कार्यलय र सहकारी बिच समन्वय गरेर अघि बढे मात्रै बिकास गर्न सजिलो हुने र सहकारी लाई वडाको तर्फबाट सबै सहयोग गर्न तयार रहेको बताउनुभयो । समाजसेवी तथा अधिबक्ता माधब प्रशाद बसाैलाले उत्पादनमा लगानी र अार्थिक पारदर्शितामा जाेड दिनुभयो । पुर्ब अध्यक्ष श्रिकान्त बसाैलाले सबैकाे सल्लाह , सहकार्य , एकताले मात्रै सहकारीले सफलता हासिल गर्ने बताउनु भयो ।

कार्यक्रममा उठेका विभिन्न जिज्ञासाकाे जवाफ दिदै सहकारीका अध्यक्ष यबं साधारणसभाका अध्यक्ष रामजी बसाैलाले अाफ्नाे कार्यकालमा सहकारी लाई नमुना सहकारी बनाउने अभियानमा लागेकोले सबैकाे सल्लाह सुझाव हरुलाई मध्यनजर गरेर अगाडि बढ्ने बताउनु भयो । सुसान , अार्थिक पारदर्शिता , सदस्यहरुकाे हित अाफ्नाे पहिलो प्राथमिकतामा परेको भन्दै संस्थामा गलत काम भए खवरदारि गर्न सम्पूर्ण सदस्य हरुलाई अाग्रह गर्नुभयो । कसैले पुर्बाग्रह नराखि सहयोग गरे अाफु संग सहकारी मार्फत गाउँकाे बिकास गर्न याेजना रहेकोले गाउँमा बसेर निस्वार्थ ढंगले गरिने राम्रो काममा सबैकाे सहयोगकाे अपेक्षा राख्नुभएको थियोे । कार्यक्रममा संस्थाका काेष अध्यक्ष यबं ऋण संयाेजक गाैतम खत्रीले अार्थिक बर्ष ७४/ ७५ काे ११३६२०२६ रुपैयाँको अाय ब्याय बिवरण प्रस्तुत गर्नुभएको थियोे । कार्यक्रममा जेष्ठ पुरुष सदस्य ठग ब. अाले , महिला सदस्यल थम्म कुमारी बसाैला , सर्बाधिक बचतकर्ता मिना कुमारी खत्रि , भु पु अध्यक्ष श्रिकान्त बसाैला , उत्कृष्ट व्यावसायि सन्तोष बाेहाेरा , कर्ण ब बानिया , लक्ष्मी के सि र ऋण समितिका अर्जुन प्रशाद बसाैला लाई उहाँहरुकाे याेगदानकाे र अागामि दिनमा पनि उत्तिकै सक्रियताकाे अपेक्षा राख्दै संस्थाकाे तर्फबाट सम्मान गरिएको थियोे ।

कार्यक्रममा विभिन्न सहकारी लगाएत संघ संस्थाका प्रतिनिधिहरुले अा- अाफ्नाे धारणा राखेका थिय । शिवशक्ति प्रा. बि काे प्राङ्गणमा भएको भब्य कार्यक्रमकाे अध्यक्षता रामजि बसाैलाले गर्नुभएको थियो । शुभकामना मन्तब्य लक्ष्मी के सि ले गर्नुभएको थियो भने कार्यक्रमकाे सहजिकरण सचिब बिश्नुप्रशाद बसाैलाले गर्नुभएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।