0 COMMENTS

काठमाण्डाै०८मंङ्सिर०७५/ माथिल्लो तामाकोसीको प्राथमिक सेयर आगामी मंगलबार बाँडफाँड हुने भएको छ। बिक्री प्रवन्धक नागरिक लगानी कोषका उपव्यवस्थापक रोशनजंग कार्कीले मंगलबारका लागि मिति तय गरिएको जानकारी दिए।

कुल ३ लाख ४६ हजार १६६ आवेदन परेकोमा ६ हजारको संख्यामा रद्द भएको कार्कीले बताए। यसअघि सेयर पाएकाले पुनः आवेदन भरेपछि सो संख्याको आवेदन रद्द गरिएको हो।

यसअघि स्थानीयको कोटा, संचयकर्ता, नागरिक लगानी कोष तथा विद्युत प्राधिकरणका कर्मचारीलाई सेयर बाँडफाँड गरिएको छ। उनीहरुले पुनः आवेदन भरेमा रद्द गर्ने व्यवस्था छ।

३ लाख ४० हजारको हाराहारीका आवेदकले सेयर पाउने भएका छन्। कुल १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर सर्वसाधारणका लागि खुलाइएको थियो। धितोपत्र बाँडफाँड निर्देशिकाअनुसार पुगेसम्म न्यूनतम कित्ता सबैलाई दिनुपर्ने छ।

यो प्रावधानअनुसार भर्नेजति सबैले कम्तीमा ४० कित्ता सेयर पाउने छन्। सबैलाई ४० कित्ता वितरण गर्दा १ करोड ३६ लाख कित्ता वितरण हुनेछ। बाँकी २२ लाख ८५ हजार कित्ता रहने भएकाले कुल २ लाख २८ हजार ५ सय जनाले ५० कित्ताका दरले सेयर पाउने छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।