0 COMMENTS

काठमाडौं ०७मंङ्सिर०७५/ दुवै नारीभरि चुरा निधारमा रातो टीका, गुलाफी रंङको ज्याकेट लगाएकी १२ बर्षीया गंगामाया चेपाङ पेटमा ३४ हप्ताको बच्चा चलिरहेको छ ।
उनको व्यवहार पनि उनको उमेर जस्तै छ । घरी अस्पतालको शय्याबाट जुरुक्क उठेर बारिह निस्कनु, घरी आमालाई सानो कुरामा घुर्की लगाउनु । हेटौंडा ओलेकी १२ बर्षीया गंगामाया चेपाङ मंगलबार साँझ प्रसुति गृह अस्पतालमा भर्ना थिइन् ।

गत माघमा कैलाश ७ का १८ बर्षीया रन्जित तामाङसँग विवाह भएको थियो । गत सोमबार स्थानीय अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पुगेकी उनको जानकारी पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा चेपाङलाई राजधानी ल्याईयो । दुई दिन अस्पतालमा रहँदा उनको स्वास्थ्य परीक्षणहरु भएको छ । बिहीबार उनी प्रसुती गृहबाट डिस्चार्ज भईन् ।,

२० बर्ष नपुगी विवाह गरी बच्चा जन्माउनु प्रजनन् स्वास्थ्यको हिसबाले हानिकारक हुन्छ । सानो उमेरमा बच्चा जन्माउँदा आमाको शरीरका अंग परिपक्व नभएकाले विभिन्न शारीकि जटिलता आउँछन् ।, आजको नागरिक दैनिकमा खबर रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।