0 COMMENTS

दार्चुला, ७ मङ्सिर ०७५/ मालिकार्जुनबाट दार्चुला सदरमुकाम खलङ्गा आइरहेको म १ ख ४३६ नंको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। गए राति मालिकार्जुन मन्दिरको जात्रामा गएका भक्तजन लिएर आइरहेको बस आज बिहान पौने पाँच बजे दुर्घटना भएको हो ।

अहिलेसम्म उद्धार गरिएका १६ घाइतेलाई उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नवराज अधिकारीले बताउनुभयो । बस सडकबाट ३०० मिटर तल खसेको थियो । बसमा कति जना सवार थिए भन्ने यकिन भएको छैन । घाइतेहरूलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले उद्धार गरेका थिए ।गए राति मालिकार्जुन मन्दिरमा ठूलो जात्रा लागेको थियो । जात्रा सकेर दार्चुला सदरमुकाम आउने क्रममा बस दुर्घटना भएको हो । घटनाको पूर्ण विवरण आउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।