0 COMMENTS

 सुन्दर शान्त रमणीय भुमि नेपाल बिश्व अाकर्षणकाे केन्द्र सगरमाथा ,बुद्ध जन्मेकाे ठाउँ लुम्बिनी , मनमाेहक हिमालय ,हरियाली बनजंगल , नदिनाला , झरना , हिमाल पहाड र तराई संसारकाे स्वर्ग प्रकृतिले दिएको एउटामात्रै देश नेपाल । बार्षिक लाखौंलाख बिदेशी पर्यटक नेपाल हेर्न ,घुम्न र यहाँको धर्म संकृति रितिरिभाज , चालचलन , यहाँको पुराना ऐतिहासिक ठाउँमाकाे बारेमा जानकारी लिन अाउछन् त्यसाे त नेपालकाे कृषि र जलविद्युत पछि प्रचुर सम्भावना रहेको पर्यटन व्यावसाय नै हाे ।

हाम्रो देशमा रहेका पुराना धार्मिक ऐतिहासिक र पर्यटनको सम्भावना बाेकेका ठाउँहरु लाई प्रचारप्रसार गरि त्यसको बारेमा जानकारी दिनसके पर्यटकहरुकाे संख्या अझै धेरै बढ्न सक्छ । देशमा राजनीतिक स्थायित्व ,स्थिर सरकार ,सुसासन , शान्ति सुरक्षा अादिले पनि पर्यटन व्यावसाय मा प्रत्यक्ष प्रभाव पार्दछ । नयाँ नयाँ ठाउँकाे बारेमा जानकारी लिने ,घुम्ने ,रमाइलो गर्ने र विभिन्न स्कुल कलेज संग संस्था अादि बाट अध्यान अबलोकन अादि नेपालीको चाहना बढ्दै जाँदा देशमा अान्तरिक पर्यटककाे संख्या ह्वात्तै बढेर पर्यटन क्षेत्रमा थप उत्साह देखिएको छ । धेरै भन्दा धेरै पर्यटक भित्र्याउने र उनिहरुकाे चाहना अनुसारकाे बस्तु तथा सेवा उपलब्ध गराई बढि भन्दा बढि रकम खर्च गर्ने वातावरण बनाउनुपर्छ ।

१० बर्षे द्वन्दकाे समय र नेपालमा गएको ठुलो भुकम्प लगत्तै सुस्ताएकाे याे व्यावशाय अहिले भने राम्रो सुधार देखिएको छ । अान्तरिक तथा बाह्य पर्यटककाे चापले सिजनमा हाेटल तथा लजहरु भरिभराउ भएर बस्ने ठाउँकाे समेत अभाव देखिन्छ । न्यानो अातिथ्यता ,सब्य व्यावहारकाे कारणले पनि नेपालमा पर्यटन व्यावशायमा राम्रो प्रभाव परेको हाे । मिलनशार ,दयावान, ईमानदार , नेपालीको हार्दिकता , सम्मान देखेर पर्यटकहरु मख्ख पर्छन् । अपवादमा बाहेक बिश्व समुदायमा नेपालीको सान उच्च छ त्यै उच्च शानकाे कारण बिश्वका मानिसहरु एकपटक भए पनि नेपाल घुम्न चाहन्छन् । ठाउँ ठाउँमा खुलेका हाेमस्टेमा शुद्ध अर्गानिक खानाकाे स्वाद लिन पाउने भएपछि त्यस्ता ठाउँमा अान्तरिक पर्यटककाे भिडभाड नै लाग्ने गरेको छ । उच्च पहाडी हिमालि ठाउँ मात्रै हाेईन नदि किनारमा सुन्दर र शान्त वातावरणमा अानन्द लिन पाउने हुनाले त्यस्ता ठाउँमा हाेटल , रेष्टुरेन्ट र हाेमस्टेहरु धेरै बनेका छन् । अाफ्नाे थकित दैनिकी बाट केही समयकाे लागि अानन्द लिनपनि मानिसहरु नयाँ ठाउँमा घुम्ने गर्दछन् । नेपालमा पर्यटन व्यावशायकाे ठुलो सम्भावना भएपनि सरकारले त्यस क्षेत्रमा ध्यान दिन सकिरहेको छैन । अनुत्पादक क्षेत्रमा हुने लगानी राेकेर उत्पादन हुने यस्ता क्षेत्रमा लगानी गर्न सके हामी नेपाली सुखि हुनेछौं राष्ट्र पनि धनी बन्ने थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।