0 COMMENTS

रमेश बुढाथाेकि, इलाम०६मंङ्सिर०७५/इलामबाट शान्तिडाँडा तर्फ जादै गरेको मे १ ज ८१८ नम्बरको सफारी ट्याक्सी मेची राजमार्गको मिल गोलाईमा विहीबार साँझ दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको छ । चालकसहित चार जना घाइते भएको प्रहरीले जनाएको छ ।
इलाम नगरपालिका १ साखेजुङ्गमा भएको दुर्घटना भएको हो । सफारी जीप सडकभन्दा दुई सय मिटर तल झरेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक टंक भट्टराईको नेतृत्वमा टोली घटनास्थल तर्फ गएको छ । मृतक र घाइतेको नाम भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।