0 COMMENTS

भद्रपुर ०६मंसिर०७५ / झापा मेचीनगर नगरपालिका–१२ मा हिजाे साँझ सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत मेनपा–१२ स्थित कालीझोडामा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार बिर्तामोड–५ का २७ वर्षीया मञ्जुल बराइली र स्कुटर चालक मेचीनगर–१० का २४ वर्षीय युवराज खत्रीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको वा६९प ७९९४ नंको मोटरसाइकल र पश्चिमबाट पूर्व आइरहेको मे१०प ६६६४ नंको स्कुटर एकआपसमा ठोक्किँदा गम्भीर घाइते भएका दुबै जनाको उपचारका क्रममा विर्तामोडस्थित विएण्डसी हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको पछाडि बस्ने काठमाडौँ जडीबुटीकी १८ वर्षीया सुविसा गुरुङको विर्तामोडस्थित कनकाई हस्पिटलमा उपचार भइरहेको छ । दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।