0 COMMENTS

उदयपुर ,मंसिर ४ / उदयपुरको चाैदण्डीगढी नगरपालिका दुई स्थित झाेडापाटामा जन्म भएकी रमिला बस्नेत ह्यान्डबल खेलमा राष्ट्रिय अन्तर्राष्ट्रिय जगत सम्म चर्चित नाम हो ।

बुबा राजेन्द्र बहादुर बस्नेत र अामा तारा बस्नेतको कान्छी छाेरीकाे रुपमा २०५६ सालमा जन्म भएको हो । रमिला बस्नेतले नेपालको प्रतिनिधित्व गर्दै ह्यान्डबल खेलकाे माध्यम बाट देशको शिर उच्च राखेको भन्दै विभिन्न संघ संस्था र नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले समेत उत्कृष्ट युवा प्रतिभा पुरुस्कार बाट सम्मानित गरिसकेको छ । रमिला बस्नेतले १४ वर्षको उमेरमानै अन्तर्राष्ट्रिय खेलमा सहभागी हुने नेपालको सबैभन्दा कान्छी खेलाडीमा समेत चर्चित छिन । खेलाडी बस्नेत पुनः मिस प्रदेश नम्बर १ मा भइरहेको मिस स्टेटमा उदयपुरको तर्फबाट सहभागी भएपछि चर्चा छिन ।

के हाे त मिस स्टेट २०१८ ?

प्रदेश नम्बर १ लाई समेटेर १४ जिल्लाका सहभागीले भाग लिइरहेको र पुर्वाञ्चल वागिना कलाकेन्द्रले अायाेजना गरेको कार्यक्रम हो । यस कार्यक्रममा प्रदेश नम्बर १ भरिका प्रतिस्पर्धाबाट एकजनाले मिस प्रदेशको ताज पहिरिने छन् । यो कार्यक्रम यहीँ मंसिर १५ गते शनिबार सुनसरी स्थित धरानकाे सभागृह सम्पन्न हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।