0 COMMENTS

 मिलन चाम्लिङ,धरान०३मंङ्सिर०७५/ तरहरा सगरमाथा युवा क्लब तराहरा बास्केटबलको आयोजनामा इटहरी उपमहानगरपालिका २४ तरहरामा भएको अन्तर प्रदेश नं १ बास्केटबल प्रतियोगिताको उपाधी इमिरोटल्स धरान १५  ले हात पारेको छ । इमिरोटल्सले हरोइइजन धरान १७ का टोलिलाई ५३ स्कोरको विरुद्ध ७७ स्कोर बनाउदै उपाधी जितेका हुन ।

इमिरोटल्सले उपाधी जितेसंगै ट्रफी मेडल र नगद रु तीस हजार हात पारेको छन भने उपबिजेता हरोइजन धरान १७ ले ट्रफी मेडल सहित नगद रु पन्ध्र हजार हात पारेका छन । खेल भरीको उत्कृष्ट खेलाडी इमिरोटल्स धरान १५ का खेलाडी बुर्जा भुजेल एमबिपी घोषित भएसंगै ट्रफी र मेडल प्राप्त गरेको छन । बास्केटबल प्रतियोगिता कार्तिक २६ गतेबाट सुरु भएर आज सम्पन्न भएको हो । प्रतियोगितामा विभिन्न जिल्लाबाट १४ समूह सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।