0 COMMENTS

काठमाण्डाै २९कार्तिक०७५/ नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका तीन खेलाडी योनेक्स सनराईज आठौं पुष्पलाल स्मृती राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता २०७५ को पुरुष एकल तर्फ सेमिफाईनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको प्रतियोगितामा सेनाका रत्नजित तामाङ्ग पुलिसका निर बिक्रम देवकोटालाई २१।१७, २१।१८ ले पन्छाउँदै अन्तिम चारमा पुगेका हुन् । अव तामाङ्गले आफ्नै क्लबका रुकेश महर्जनको सामना गर्ने छन् । रुकेशले पुलिसका बिष्णु कटुवाललाई २१।१६, २१।१९ ले पाखा लगाए । यस्तै सेनाका अर्का खेलाडी नविन श्रेष्ठले भोजपुरका बिकास श्रेष्ठलाई २१।१९, २१।११ ले पन्छाए । श्रेष्ठले फाईनल प्रवेशका लागि एपिएफका दिपेश धामीको सामना गर्ने छन् । दिपेशले सिल्क ग्रुपका प्रिन्स दाहाललाई २१।१६, २२।२० ले पराजित गरे ।

महिला एकल तर्फ नेपाली सेनाका दुई र एपिएफका दुई खेलाडीले अन्तिम चारको यात्रा तय गरे । बिहिबार सम्पन्न क्वाटरफाईनल खेलमा सेनाका नङ्गशल देवी तामाङ्ग बाँकेकी संझना शर्मालाई २१।१२, २१।८ ले पछाडी पार्दै सेमिफाईनलमा स्थान बनाउन सफल भईन् । तामाङ्गले फाईनल प्रवेशका लागि एपिएफकी शोभा गौचनको सामना गर्ने छिन् । शोभाले सेनाकी अनुमाया राईलाई २१।१७, २१।१९ ले पन्छाईन् । यस्तै सेनाकी रशिला महर्जनले गत सातौं संस्करणकी विजेता एपिएफकी जेशिका गुरुङ्ग संग सेमिफाईनलमा प्रतिस्पर्धा गर्ने छिन् । रशिलाले सेनाकै रञ्जना भट्टलाई २१।१४, २१।१३ तथा जेशिकाले सेनाकी अमिता गिरी माथि १९।२१, २१।१५, २१।११ को जित निकाले ।

नेपाल खेलकुद महासंघ अन्तरगत राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको यु—१७ ब्वाईज तर्फको खेलमा नेपाली ब्याडमिन्टनको ईतिहासमा सवै भन्दा ठुलो उपलब्धी अन्तराष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेका सिल्क ग्रुपका प्रिन्स दाहालले कैलालीका जेबी साउदलाई २१।७, २१।९को सोझो सेटमा पराजित गर्दै अन्तिम चारको टिकट काट्न सफल भए । यस्तै अन्तिम चारमा स्थान बनाउने क्रममा जेष्ट ब्याडमिन्टनका प्रियान्सु सिंह क्षेत्रीले दाङ्गका हिमांशु कुँवरलाई २१।११, २१।१८, सेनाका दिवश शंकरले कैलालीका अमृत चौधरीलाई १९।२१, २१।११, २१।१३ तथा जेष्टका पेम्बा शेर्पाले कंचनपुरका हिमाल चन्दलाई २१।११, २१।१३ ले पन्छाए ।

पुरुष युगल तर्फको खेलमा सेना र एपिएफले अग्रता लियो । एपिएफका दिपेश धामी र विजित थापा मगर तथा गौतम कठायत र सुनिल जोशीको जोडी अन्तिम चारमा पुग्यो । धामी र मगरको जोडीले पुलिसका दिपक बोहरा र जीवन आचार्यको जोडी माथि २१।१६, २१।१७ को जिन निकाल्यो । यस्तै गौतम र सुनिलको जोडी बाँकेका ईरफान अन्सारी र रियाज अन्सारीको जोडीमाथि २१।१५, २१।१६ को जित निकाल्दै सेमिमा स्थान बनाए । यसैगरि सेनाका रुकेश महर्जन र प्रफुल महर्जनको जोडी तथा रत्नजित तामाङ्ग र नविन श्रेष्ठको जोडीले पनि सेमिमा स्थान पक्का गरे । रुकेश र प्रफुलको जोडीले एपिएफका साजन कृष्ण ताम्राकार र सुदीप सेंढाईको जोडीलाई २१।१६, २१।१७ तथा रत्न र नविनको जोडीले पुलिसका बिष्णु कटुवाल र अनिश श्रेष्ठको जोडीलाई २१।१७, २२।२० ले पराजित गरे ।

यु—१७ गल्र्स तर्फ सेनाका रशिला महर्जन र रञ्जना भट्ट तथा मोरङ्गका रोज पाण्डे र सिमा राजबंशी अन्तिम चारमा पुगे । सेनाकी रशिलाले जेष्टकी डिमोना के.सीलाई २१।२, २१।४ तथा रञ्जनाले झापाकी अञ्जना राईलाई २१।१६, २१।१५ ले पाखा लगाए । यस्तै मोरङ्गकी रोजले जेष्टकी स्मृती राईलाई २१।५, २१।१३ तथा सिमाले कंचनपुरकी बिष्णा बिष्टलाई २१।८, २१।९ ले हराए । अव सेमिमा रशिलाले रोजको तथा सिमाले रञ्जनाको सामना गर्ने छन् ।

यसैगरि प्रतियोगिताको महिला युगल तर्फ सेनाका अनुमाया राई र अमिता गिरीको जोडीले सेमिफाईनलमा एपिएफका पुजा श्रेष्ठ र जेशिका गुरुङ्गको सामना गर्ने भएका छन् । राई र गिरीको जोडीले जेष्टका ज्योती लिम्बु र दिना पुनको जोडीलाई २१।१५, २१।१२ तथा श्रेष्ठ र गुरुङ्गको जोडीले जेष्टकै स्मृती राई र साफि खत्रीको जोडीलाई २१।७, २१।५ ले पराजित गरे । यस्तै अर्को प्रतिस्पर्धा सेनाका नङ्गशल तामाङ्ग र रशिला महर्जनको जोडीले भोजपुर र बाँकेका सिता राई र संझना शर्माको जोडीविच हुने छ । तामाङ्ग र महर्जनको जोडीले जेष्टका तारा आले र मनिषा खड्काको जोडीलाई २१।८, २१।४ ले तथा राई र शर्माको जोडीले मोरङ्गका सिमा राजबंशी र रोज पाण्डेको जोडीलाई २१।८, २१।१४ ले पाखा लगाए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।