कुनै पनि मुलुककाे बिकास हुन त्यो मुलुकका प्रतेक नागरिक श्रमजीवी हुनुपर्छ अर्थात श्रममा लाग्नुपर्छ । श्रम गर्ने वातावरण बनाउने जिम्मेवारी सरकारकाे हाे । कृषि , जलविद्युत र पर्यटनको प्रचुर संभावना भएको हाम्रो देश नेपालमा त्यसको बिकासकाे लागि नीति र याेजना बनाउने र त्यसको ईमानदार कार्यनयन हुने हाे भने सम्पूर्ण नागरिक श्रम गर्ने वातावरण बन्दछ । दिनप्रतिदिन देशमा बेरोजगारी बढिरहेको छ , नेपाली जनताले उपभाेग गर्ने सम्पूर्ण बस्तु तथा सेवा बिदेश बाट खरिद गर्नुपर्ने बाध्यता छ ।
अाफ्नाे जग्गा जमिन बाँझै राख्ने खाद्यान्न लगाएतका सम्पूर्ण दैनिक उपभाेग्य बस्तुहरु भारतबाट किनेर खाने अनि अाफ्ना देशका सम्पूर्ण उद्योग धन्धाहरु बन्द गर्ने चीनबाट लत्ताकपडा किनेर लगाउने लत्ताकपडा मात्रै हाेईन सबै सामान बिदेश बाट किनेर प्रयोग गर्ने । बहुमुल्य जडिबुटी गुन्द्रुककाे भाउमा बेचेर महंगोमा अाैषधि खरिद गर्ने । अाफैले बनाउन पर्ने ठुला ठुला राष्ट्रिय गाैरबका अायाेजनाहरु लगानी नभएको भन्दै देशलाई घाटा हुने तरिकाले कमिसन खाएर बिदेशी लाई दिने । देशमा मेनपावर कम्पनी खाेल्ने उमेर पुग्ने बित्तिकै नेपाली युवाहरु लाई पासपोर्ट बनाउन लगाएर बिदेश लखेट्ने उनिहरुले कमाएको रेमिटेन्सले मुलुक चलाउने । खाडीमा पसिना बगाएर कमाएको रकमले उब्जनि हुने उर्भर भुमिकाे बिचमा ढुंगा , गिटि बालुवा ,सिमेन्ट , ईटा र रड प्रयोग गरेर छिमेकी लाई लाेभ्याउने गरेर सकेको ठुलो घर बनाउने त्यै घरको छतमा बसेर सम्बृद्ध नेपाल काे सपना देख्ने हामी नेपाली । ऐले सरकारले सुखि नेपाली र सम्बृद्ध नेपालकाे नारा अगाडि सारेको छ तर काम भने त्यस अनुसारको छैन ।
भाषणको भरमा देशको बिकास हुदैन श्रम गर्न सक्ने युवाहरु बिदेश छन् सबैभन्दा पहिला बिदेशीयका युवाहरु फर्काउनु पर्दछ तर सरकारले राेजगार गन्तव्य मुलुकमा नेपाली कामदार जान सजिलो हुनेगरि काम गरिरहेकाे छ । देशमा उद्योग धन्दा हरु खाेलेर स्वदेशमै राेजगारि दिनुकाे सट्टामा धेरै भन्दा धेरै युवाहरु बिदेश पठाउदा मुलुकमा श्रमिक अभाव हुन जान्छ र उत्पादन ठप्प हुन्छ । श्रमिक हरुकाे हकहितका लागि सरकारले चालेको कदम तत्कालैका लागि सहि भएपनि यसले राष्ट्र लाई दुरगामि असर पार्नेछ । उद्योगधन्धा , कृषि क्षेत्रमा मात्रै हाेईन निर्माणका क्षेत्रमा पनि श्रमिक अभाव छ जसकाे उदाहरण भुकम्प पछिकाे पुननिर्माणमा पनि देखियो । सडक ,भवन , जलविद्युत परियोजना प्रयाप्त काम गर्ने श्रमिक छैनन् । देशका लाखौंलाख युबा बिदेशमा तर देशमा श्रमशक्ति खाेई ? सधैं बिदेश बाट प्राप्त रेमिटेन्समा अाश्रित हुने हाे वा अाफ्नाे मुलुककाे पनि बिकास गर्ने याे गम्भीर प्रश्न छ । सम्बृद्धिकाे जतिसुकै नारा लगाएपनि मुलुक सम्बृद्धिकाे बाटोमा प्रबेश गरेकै छैन । नेपाली नागरिकहरुमा भ्रमकाे खेती गरेर अाफ्नाे निहित स्वार्थ पुर्तिमा लागेका छन् राजनीतिक दलहरु पनि । मुलुकमा प्रजातान्त्रिक व्यवस्था अाएकाे ३० बर्ष पुग्न लाग्दा देशले कति प्रगति गरेको छ त्यसको मुल्यांकन हुन अावस्यक छ । देशमा कति उद्योग हरु स्थापना भए , कृषिमा , जलविद्युत ,पर्यटन लगाएतमा कति बिकास भयो ?
हिजोको जमानामा बिदेश जाने चलन थिएन सबैले स्वदेशमै काम गर्दथे र मुलुक कृषिमा पनि अात्म निर्भर थियोे सबैले खेतीपातीकाे काम मेहनतले गर्दथे तर अाजकल घरको एकजना बिदेश बाँकी बसेर खाने जग्गा जमिन बाँझै , मल बीउ सबै बिदेशकाे भर । सम्बृद्धिकाे लागि देश अात्मनिर्भर बनाउनुपर्छ तर त्यस्तो छैन । अात्मनिर्भर मुलुक परनिर्भर हुदै जाँदा झन् सम्बृद्धिका चर्का नारा लगाएका छन् नागरिकहरु लाई उल्लु बनाउन । राजनीतिक दलहरुले मुलुक चलाउन सहि निति र कर्मचारी बाट त्यसको ईमानदार कार्यनयन अावस्यक छ । देशको बिकासकाे लागि नीति र याेजना बनाउने सक्षम नेतानै छैनन् नत ईमानदार कर्मचारी नै कसरी बन्छ देश ?
गाउँ बाट सहरमा केन्द्रीत हुदै गएको जनसंख्या फेरि गाउँमा फर्काउनु पर्दछ । देशका बाैद्धिक ब्यक्तिहरुकाे बिदेश पलायन राेकिनुपर्छ । स्वाभिमानी नेपाली पछि मात्रै सम्बृद्ध नेपाल बन्दछ । मुलुक लाई साँच्चिकै सम्बृद्ध बनाउने हाे सम्पूर्ण नेपाली श्रममा जुटाै श्रमलाई सानो ठुलो नभनि सम्मान गराैं तब बन्छ देश । हामी राेजगारि नपाएर बिदेश जान्छौं तर हाम्रो देशमा काम गर्न बिदेश बाट श्रमिक ल्याउनुपर्ने बाध्यता छ । अनुत्पादक क्षेत्रमा भएको अरबाैं रकम देशमा उद्योग धन्धा खाेल्नमा लगाउ साथै बिदेश बाट सामान अायात गर्दा बाहिरिने रकम त्यै सामान स्वदेशमा उत्पादन गर्न लगाउ । शिक्षा र स्वास्थ्यमा बार्षिक धेरै रकम बाहिर जान्छ त्यसलाई राेकाैं अाफ्नै देशमा उत्पादन हुने र गर्न सकिनेसम्म बस्तु तथा सेवाको उत्पादन गराै , नेपाली माैलिक धर्म संकृति परम्परा रितिरिभाजकाे संरक्षण गराैं , अन्तर्राष्ट्रिय स्तरमा मुलुकाे सान लाई उच्च राखाैं श्रमजीवी बनाैं मुलुक सम्बृद्ध बनाउ ।