0 COMMENTS

काठमाडाैँ२०कार्तीक०७५/ सरकारी स्वामित्वकाे संस्थान साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले प्रचलित बजार मूल्यभन्दा सस्तो हुनेगरी चिनीको भाउ कायम गरेको छ ।

संस्थानका अनुसार गत शनिबारदेखि नै ६८ रुपैयाँ प्रतिकिलाेका दरले चिनी बिक्री गरिरहेकाे छ । हाल बजारमा चिनीको खुद्रा मूल्य ७५ रुपैयाँको हाराहारीमा छ भने कतै ८० रुपैसाँसम्म लिने गरिएकाे छ ।

यसअघि संस्थानले गत १२ असोजदेखि सञ्चालन गरेको सहुलियत पसलमै चिनीको प्रतिकिलो मूल्य ७६ रुपैयाँ तोकेको थियो । तर, उक्त मूल्य प्रचलित बजारभाउ भन्दा पनि बढी भएको भन्दै विरोध भएपछि संस्थानले चिनीको बिक्री नै रोकेको थियो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रतिकिलो ७० रुपैयाँभन्दा बढीमा चिनी बेचे कारबाही गर्ने चेतावनी दिएपछि संस्थानले बिक्री रोकेको थियो ।

गत साता मात्रै मन्त्रालयमा बसेको संस्थानसहितको बैठकले चिनीको मूल्य निर्धारण गरेपछि चिनी बिक्री सुरु गरेको छ । हाल संस्थानसँग १७ हजार मेट्रिक टन चिनी मौज्दात छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।