0 COMMENTS

राजविराज, १९ कात्तिक०७५/खेल मैदान निर्माण गर्न कञ्चनरुप नगरपालिकाले १५ बिगाहा जग्गा उपलब्ध गराएको छ ।जिल्ला खेलकूद विकास समिति सप्तरीलाई नगरपालिकाको हालै बसेको बैठकले खेल मैदान बनाउन सोही नगरपालिका–९ स्थित खाली जग्गा उपलब्ध गराएको खेलकूद विकास समिति सप्तरीका उपाध्यक्ष धीरेन्द्र बर्मा (धिरु)ले बताउनुभयो ।

साविकको रुपनगर वडा नं ५, ६, ८ र ९ मा रहेको सार्वजनिक तथा ऐलानी जग्गामा खेल मैदानका लागि सो जग्गा उपलब्ध गराएको नगरपालिकाले जनाएको छ । उक्त खाली जग्गामा चाँडै नै खेल मैदान निर्माण कार्य अगाडि बढाइने उपाध्यक्ष बर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।