0 COMMENTS

मिलन चाम्लिङ,धरान१९कार्तीक०७५ /धरान–१२ स्थित छिमेकी युवा समूहले गर्दै आएको ‘छिमेकी साँझ’ आज (सोमबार) हुँदैछ । छिमेकी साँझ बिगत तीनवर्षदेखि रोकिएको थियो । यो बर्ष पुन २० औं छिमेकी साँझ हुन लागेको हो । धरान–१२ स्थित चतरालाइनमा हुने साँझमा धरान सङ्गीत प्रतिष्ठानबाट छनौट भएका ६ जना नवकलाकारले गीत प्रस्तुत गर्नेछन् । उनीहरूमध्ये उत्कृष्ट गायन गर्नेलाई विजेता घोषणा गरिने भएको छ । प्रतिष्ठानले अडिसन लिएर प्रतियोगिता गरेको थियो ।

विजेतालाई ‘उदयीमान स्टार’ पदकका साथ नगद २५ हजार रूपैयाँ प्रदान गरिनेछ । कार्यक्रममा राष्ट्रिय कलाकार मेलिना राई, शिव लामिछाने, प्राश्ना शाक्यले प्रस्तुति दिनेछन् । समूहले धरान–१२ निवासी महिला र पुरूष ज्येष्ठ नागरिकलाई सम्मानित गरिने आयोजकले जनाएको छ । त्यस्तै सङ्गीत क्षेत्रमा गायक शिव लामिछानेलाई सम्मानित गरिने भएको छ । यसैबीच खेलकुदको क्षेत्रमा २०३५ सालमा सम्पन्न त्रिभुवन गोल्डकपमा विजेता बनाउन सफल विरू राई र कुमार सुब्बालाई सम्मानित गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।