0 COMMENTS

काठमाडौं१९कार्तीक०७५/ प्रहरीले चर्चित गुण्डा नाइके समीरमानसिंह बस्नेतकी श्रीमती माया शेरचन बस्नेतलाई पक्राउ गरेको छ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलगायत अन्य व्यक्तिको हत्यामा संलग्नता रहेको भन्दै महानगरीय अपराध महाशाखाका टोलीले मायालाई काठमाडौंबाट पक्राउ गरेको हो ।

अपराध महाशाखाको टोलीले गत १२ कात्तिकमा लोप्साङ लामा, अम्बरबहादुर राना र रोशन बुढाथोकीलाई पक्राउ गरेको थियो । उनीहरुको पक्राउपछि भएको अनुसन्धानमा हत्या घटनामा मायाको पनि संलग्नता देखिएको पुष्टि भएपछि प्रहरीले मायालाई पक्राउ गरेको हो ।

स्रोतका अनुसार, पक्राउ परेका व्यक्तिले अदालतमा समेत हत्या घटनामा मायाको संलग्नता भएको बयान दिएपछि प्रहरीले जिल्ला अदालत काठमाडौंको पक्राउ पूर्जी लिएर उनलाई पक्राउ गरेको हो । गौचनको हत्याका लागि माया आफैले पेस्तोल उपलब्ध गराएको पनि स्रोतको दाबी छ । यो खबर आजको राजधानी दैनिकले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।