0 COMMENTS

काठमाडौँ, १६ कात्तिक०७५/ महानगरीय प्रहरी वृत्त बौद्धले सात हजार ७८० लिटर घरेलु मदिरा नष्ट गरेको छ । वृत्तका प्रमुख नरेन्द्र चन्दको नेतृत्वमा आन्तरिक राजश्व कार्यालय चाबहिलसहितको टोलीले आज गोकर्णेश्वर नगरपालिका–६ का १४ स्थानमा छापा मार्दा सो परिमाणमा सो मदिरा नष्ट गरेको हो । मदिरा बनाउने भट्टिमा छापा मार्दा प्रहरीले मदिरा बनाउने कच्चापदार्थ, कोदोको तोङ्बा १९२ प्याकेट, चामलको जाँड २० प्याकेट, ग्यास चुलो १० थान, ग्यास सिलिण्डर १५ थान, प्लाष्टिकको ड्रम १४९ थान र मदिरा बनाउने केमिकल २५ केजी बरामद गरेको छ । तयारी मदिरा भने वडाका जनप्रतिनिधिको रोहवरमा नष्ट गरिएको वृत्तले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।