0 COMMENTS

लमजुङ, १५ कात्तिक०७५/ गत भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी संहितासँगै जिल्ला अदालत लमजुङमा सम्बन्धविच्छेदको माग गर्दै मुद्दा दर्ता गर्नेको सङ्ख्या बढेको छ । करीब तीन महिनाको अवधिमा ३७ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएको अदालतका स्रेस्तेदार भूमिप्रसाद शर्माले बताउनुभयो ।

भदौ १ देखि पुरुषले पनि सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्न पाउने प्रावधानसहितको संहिता लागू भए पनि अदालतमा दर्ता भएका मुद्धामा पुरुष भन्दा महिलाको सङ्ख्या दोव्बर बढि छ । स्रेस्तेदार शर्माका अनुसार २६ महिला र ११ पुरुषले सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएका छन् जसमा १४ महिलाले दर्ता गरेको मुद्दामा मिलापत्र गरिएको छ । पुरुषले दर्ता गरेको एउटा मुद्दा फिर्ता भएको छ ।

सम्बन्धविच्छेदका लागि विशेषगरी लाउन–खान नदिएको, अवैध सम्बन्ध राखेको र सम्पत्ति हिनामिना गरेको लगायतका आरोपमा अदालत आउने गरेका छन् । पारिवारिक असमझदारी, वैदेशिक रोजगार, हतारको निर्णय, प्रेम विवाह र नयाँ पुस्ता स्वतन्त्र रूपमा रहन चाहनु नै सम्बन्धविच्छेदका प्रमुख कारण रहेको अदालतका स्रेस्तेदार शर्माले बताउनुभयो । गत आवमा १५१ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए । तीमध्ये १३३ मुद्दा फछ्र्यौट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।