सर्लाही, १४ कात्तिक०७५/सदरमुकाम मलङ्गवामा आज साँझ भारतीय स्कार्पियोको ठक्करबाट एक बालकको मृत्यु भएको छ । ठक्करबाट मलङ्गवा–८ का सुभाष साह सोनारका आठ वर्षीय छोरा रौशनको मृत्यु भएको प्रहरीले जनाएको छ । मलङ्गवाबाट भारतको सोनवर्षातर्फ जाँदै गइरहेको बिआर३२पिए ०५९३ नंको स्कार्पियोले विद्युत् कार्यालय नजीक बालकलाई ठक्कर दिएको थियो ।
भारतको सीतामढीबाट जन्ती लिएर आएको स्कार्पियो फर्किंदै गरेको अवस्थामा बालकलाई ठक्कर दिँदा साहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । ठक्कर दिएर भाग्दै गरेको अवस्थामा स्थानीय र प्रहरीले नेपाल–भारत सीमा नजीक रहेको भारतीय एसएसबीको चेकपोस्टबाट गाडीसहित भारतको सीतामढी जिल्ला भगवानपुर–५ पिपराडीका चालक राधेश्याम रामलाई समातेको प्रहरीले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्