0 COMMENTS

काठमाडौं१४कार्तीक०७५/ सरकारले कडा निगरानीमा राखेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा आगामी मंसिर ८ गते खुलामञ्चमा जनसभा गर्दै सार्वजनिक हुने भएको छ । समय समयमा सरकारले गरेका काम कारवाही तथा निती प्रति बिरोध जनाउदै भूमिगत शैलीमा गतिविधि बढाउँदै आएको आरोप लागेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मंसिरमा खुलामञ्चमा जनसभा गर्न लागेको हो । जसको लागि पार्टीले प्रचार सामाग्री छाप्ने कार्य तिब्रे रुपमा अगाडि बढाएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ मोस्ट वान्टेड सूचीमा राखिएका छन् ।प्रहरी प्रधान कार्यालयले देशभर सर्कुलर जारी गरी विप्लवलाई जहाँ भेट्यो त्यहिँ पक्राउ गर्न भनेको छ । प्रहरीले अदालतको आदेशका आधारमा यस्तो सर्कुलर जारी गरेको हो ।

भूमिगत रुपमा आफ्ना गतिविधी अघि बढाउँदै आएका विप्लव पनि भूमिगत नै छन् । हालै सम्पन्न नेकपाको चियापान कार्यक्रममा विप्लवलाई निम्तो दिन खोज्दा उनी कहाँ छन् बस्ने स्थान पत्ता नलागेपछि सार्वजनिक सूचना जारी गरी निम्तो पठाइएको थियो ।

सो सभामा पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, केन्द्रीय नेताहरु धर्मेन्द्र बास्तोला, सन्तोष बुढामगरलगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।सभामा १ लाख बढी जनतालाई सहभागी गराउने योजना बनाएको नेकपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।