0 COMMENTS

काठमाडौं०९कार्तीक०७५/ काठमाडौंको तार्केश्वर नगरपालिकाको लोलाङ हाइट भन्ने ठाउँमा ट्रकले किचेर २ जनाको मृत्यु भएको छ ।नेपाल–चीन (रसुवा) नाकाबाट सामान लोड गरेर अनलोड गर्न आएको ट्रकले किचेर एक बृद्धा र बालकसहित २ जनाको मृत्यु भएको हो ।

शुक्रवार विहान १० बजेतिर सामान अनलोड गर्न आएको ना ६ ख ७८३६ नम्बरको ट्रक कच्ची सडकमा मोड्ने क्रममा पल्टिएको थियो । चालकले तीब्र गतिमा चलाएको ट्रक नियन्त्रणमा आउन नसकि पल्टिदा दुई जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

ट्रकले किचेर मृत्यु हुनेमा गोरखा पुङकोटकी ७० वर्षीय दिलकुमार तिवारीको मृत्यु भएको हो । यस्तै गम्भीर घाइते भएका ४ वर्षीया बालक आशिष तिवारीको ग्रिनसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

ट्रकले किचेर गम्भीर घाइते भएकी नुवाकोटकी ६० वर्षीया सावित्री पुडासैनीको त्रिवी शिक्षण अस्पतालमा उपचार भइरहेको डिएसपी बोगटीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।