0 COMMENTS

प्रतिभा भट्टराइ,काठमाडौं, ०७ कार्तीक०७५/ आज कोजाग्रत पूर्णिमा । विजया दशैंको अन्तिम दिन । दशैंको जमरा तथा फूलपाती विसर्जन गर्ने दिन पनि । कोजाग्रत पूर्णिमालाई शरद पूर्णिमा पनि भनिन्छ । शरद ऋतुको यो पूर्णिमा कैयौं अर्थमा विशेष मानिन्छ ।

आजको पूर्णिमाको दिन चन्द्रमाको किरणलाई पनि विशेष मानिन्छ । शरद पूर्णिमामा चन्द्रमा १६ कलाले परिपूर्ण हुन्छ । यो दिन चन्द्रमाबाट केही विशेष गुण प्रवाहित हुन्छन् ।धेरै वैद्यहरु यो दिन जीवन रक्षक विशेष औषधि निर्माण गर्छन् । हिन्दु परम्परामा कोजाग्रत पूर्णिमालाई धेरै महत्वपूर्ण मानिन्छ ।

हरेक महिनामा पर्ने पूर्णिमा तिथिको ठूलो महत्व भए झैँ दुर्गा पक्ष काे अन्तिम दिन पर्ने शरद पूर्णिमा वा कोजाग्रत पूर्णिमाको महत्व अधिक विशेष रहन्छ। यस दिन सम्पन्नताको देवी लक्ष्मी आफ्नो वाहन उल्लु मा सवार भै काे आफ्नो भक्ति गर्दै जागा छ र को चाई सुतेको छ भनेर अवलोकन गर्दै मध्य रातमा पृथ्वीको भ्रमण गर्दछिन् र जून घरमा दीप प्रज्वलन गरी गणेश यन्त्र, कुवेर यन्त्र र श्री यन्त्रका साथमा आफ्नो पूजा अर्चना श्रद्धा भक्ति तथा स्वच्छता तथा पवित्रताको ख्याल गर्दै गरिएको देख्छिन् सोही घरमा अखण्ड बास गर्दछिन् भन्ने मान्यता स्वरूप माता अन्नपूर्ण अनि हात्तीमा सवार स्वर्ग का राजा इन्द्रको पनिलक्ष्मीका साथमा पूजा गर्ने प्रचलन छ।

आजकै दिन महालक्ष्मी अनि माता अन्नपूर्ण को पनि जन्म दिन भएकोले यो अझै महत्वको दिन पनि हो। कार्तिक स्नान, तुलसी पूजा, आकास दीप दान अनि स्वयम्भू चैत्य मा महा दीप दानपनी सुरु हुने यस पूर्णिमा लाई रास पूर्णिमाको नामले पनि जानिन्छ। यसै पूर्णिमामा रास रासेश्वरि राधा रानीको अनुमति ले१६ हजार १सय ८ गोपी रूप धारी बैदिक मन्त्र हरुको साथमा पूर्ण ब्रह्म परमात्मा श्री कृष्ण ले रच्नु भएको अलौकिकभक्ति रसको रास लीला लाई सोरै कलाले परिपूर्ण भएका चन्द्रमाले अमृत वर्षा गर्दै नियाल्नु भएको थियो। जसरी अग्निको समीप पुगेको वस्तु अग्नि नै बन्दछ त्यसैगरी कृष्ण काे समीप पुग्न सफल आत्मा पनि कृष्ण  बन्दछ। कृष्ण लाई पतिका रूपमा प्राप्त गर्ने इच्छा अनुसार सम्पूर्ण गोपीहरू का साथ रही लीला गर्दै एक उनै मात्र हरेक जीवात्मा का पति वा जगतपति हुन भन्ने बुझाउन रचिएको उक्त लीला मा पुरुषको प्रवेश निषेध गरिएको भएतापनि कृष्णको मुरलीको धुन ले बेचैन बनेका देवाधिदेव महादेव गोपी रूप मा सजिएर पुगेका उनलाइ गोपिनीहरुले चिनी भित्र पस्न नदिएका कारण गोपेश्वर महादेव का नामले सोहि स्थानमा विराजमान हुनु भएको थियो।

यसरी देवता हरुले समेत दर्शन नपाएका सो अवर्णित रास लीलाका एक मात्र साक्षी चन्द्रमालेे हुन पाएका थिए। यसकारण पनि शरद पूर्णिमा काे दिन राती आठ बजे देखि एक बजे सम्म अविरल अमृत वर्षा हुने विश्वासले सेतो वस्तु रुचाउने चन्द्रमालाई खिर को भोग लगाई रात्रिमा खुला आकाशको तल चलनिले छोपेर राखी बिहान सो प्रसाद ग्रहण गर्नाले मानिसले अप्रत्यक्ष लाभ पाउन सक्छभनिन्छ। चन्द्रमा मनका देवता भएकाले पनि मनका विकारहरू हटाइ स्थिर मन् बनाउन, सम्झना शक्ति को वृद्धि गर्न,अनि कतिपय रोग निवारण गर्न पनिआजको दिन चन्द्रमाबाट प्रवाहित हुने विशेषकिरण ग्रहण गर्नु हरेक व्यक्तिको जीवनमा उचित हुन जान्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।