0 COMMENTS

काठमाण्डाै०६कार्तीक०७५/  कपिलवस्तुको शिवराज नगरपालिका–४ चनईमा धान काट्ने कम्बाइन हर्वेस्टर मेशिनको ठक्करबाट एकको मृत्यु भएको छ ।

सोमबार दिउँसो ४ बजे धान काट्ने समयमा लु ३ त १३४१ नम्बरको कम्बाइन मेशिन ब्याक गर्दा चनईका ६० वर्षीय महबुब मुसलमान घाइते भएका थिए । कम्बाइनको ठक्करबाट घाइते भएका महबुबको उपचारको लागि बुटवल पुर्याइएको थियो । बुटवलमा उपचार सम्भव नभएपछि उनलाई चितवन लगिएको थियो ।

चितवन मेडिकल कलेजमा उपचारको क्रममा महबुबको ज्यान गएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । घटना हिजै भए पनि महबुबको मृत्युपछि मात्र घटना बाहिर आएको थियो ।कम्बाइन चालक भारत उत्तर प्रदेश महाराजगञ्ज जिल्ला सिसहनिया वर्ष ५० का लौटु चमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।