0 COMMENTS

काठमाडौं०६कार्तिक०७५/ स्मार्ट कार्ड (सवारीचालक अनुमतिपत्र) अाज मंगलबारदेखि निजी कम्पनीले समेत छाप्ने भएका छन् । पहिलो दिनदेखि नै निजी कम्पनीले दैनिक २० हजारभन्दा बढी स्मार्ट कार्ड छाप्ने जनाइएकाे छ ।

यातायात व्यवस्था विभागले पर्याप्त स्मार्ट कार्ड छाप्न नसकेपछि निजी कम्पनीलाई छपाइको अनुमति दिइएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताए । मालिका इन्कर्पोरेटेड प्रालिले मंगलबारबाट सन् २०१८ को जनवरीदेखिपछि नयाँ लाइसेन्स लिने वा नवीकरणको निवेदन दिने सेवाग्राहीको कार्ड छाप्न लागेको विभागका प्रवक्ता उपाध्यायले बताए ।

‘स्मार्ट कार्डमा समावेश गरिने गत जनवरीदेखि यताको आवश्यक विवरण मालिकालाई दिइसकेका छौँ,’ प्रवक्ता उपाध्यायले भने, ‘उसले ४५ दिनभित्र करिब पाँच लाख कार्ड प्रिन्ट गरेर दिनुपर्नेछ ।’ याे समाचार अाजकाे नयाँ पत्रिकामा छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।