0 COMMENTS

काठमाण्डाै०५कार्तीक०७५/नेकपा केन्द्रीय सचिवालयले प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रवक्ता पदबाट दिएको राजिनामा अस्वीकार गरेको छ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले श्रेष्ठले केही महिना अघि दिएको राजिनामा अस्वीकार गर्ने निर्णय गरेको हो।

चिकित्सा शिक्षामा सुधारको माग गर्दै अनसन गरेका डा गोविन्द केसीसँगको भेटलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले आपत्ति जनाएपछि श्रेष्ठले प्रवक्ता पदबाट राजिनामा दिएका थिए।

बैठकपछि प्रवक्ता श्रेष्ठले बताए अनुसार आजको बैठकमा ५ असोजको केन्द्रीय सचिवालयको बैठकप्रति असहमति जनाउँदै बरिष्ठ नेता माधव नेपालले पेश गरेको असहमति पत्रको बारेमा गम्भीर छलफल भएको छ।श्रेष्ठले भने, ‘कमरेड माधव नेपालले उठाउनु भएका कुरा र अरु कमरेडहरुले पनि कतिपय विधि पद्दतिलाई ध्यान दिँदै आगामी दिनमा अगाडि बढ्ने र सचिवालयको बैठकमा अगाडि बढाउने निर्णय भएको छ।’नेकपा केन्द्रीय सचिवालयको अर्काे बैठक आगामी ७ असोज अपरान्ह ३ बजे फेरि बस्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।