0 COMMENTS

गोरखा, ५ कात्तिक ०७५/ भिरमौरीको मह झिक्न जाँदा भिरबाट लडेर  एक व्यक्तिको मुत्यु भएको छ ।जिल्लाको बारपाक गाउँपालिका–२ बारपाकका ५९ वर्षीय जीतबहादुर घलेको भिरबाट लडेर आइतबार मुत्यु भएको स्थानीय नवीन घलेले जानकारी दिनुभयो । छोरा गिर्जा घलेलाई लिएर कुम्र्याह भिरमा मह भिक्न हिँडेका घले मह भिक्दै गर्दा एक्कासि चिप्लिएर भिरबाट खसेको मृतकका छोरा गिर्जा घलेकोे भनाइ उद्धृत गर्दै उहाँले बताउनुभयो । “बाबु चिप्लिएर खसे पछिसँगै भिरमा मह झिक्न पुगेका छोरा गिर्जा घलेले स्थानीयलाई खबर गरे, गाउँका सबैमान्छे खोजतलास गर्न पुग्याँै, घलेले भन्नुभयो, “करीब तीन÷चार घण्टापछि बल्ल मृतावस्थामा उनलाई फेला पा¥यौँ ।” घले भिरबाट खसेर बेपत्ता भएको जानकारी पाएपछि बारपाक बजारदेखि करीब डेढ किलोमिटरको दूरीमा पर्ने उक्त भिरमा गाउँले सबै उनलाई खोज्न पुुगेका थिए ।

भिरबाट करीब पाँच मिटर तल खसेको अवस्थामा गाउँलेले घलेलाई मृत फेला पारेको स्थानीयको भनाइ छ । उनको शरीर पूर्णरुपमा क्षतविच्छेद अवस्थामा फेला पारेको घलेले बताउनभयो । कुम्र्याह भिर अत्यन्तै जोखिमपूर्ण भए पनि त्यस क्षेत्रका मानिस जोखिम मोलेर भिरमौरीको मह भिक्न जाने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।