0 COMMENTS

भद्रपुर, ५ कात्तिक ०७५/ विजया दशमीको भोलिपल्ट शनिबार घरमै श्रीमतीको हत्या गरी फरार रहेका कनकाई नगरपालिका–८ का आइतराज परियार पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतका अनुसार विजया दशमीको भोलिपल्ट मादकपदार्थ सेवन गरी ४० वर्षीया श्रीमती माया परियारलाई हत्या गरेर अभियुक्त आइतराज फरार रहेका थिए ।

लुकीछिपी इलामको दानाबारीमा बसेको अवस्थामा अभियुक्त आइतराजलाई प्रहरीको खोजतलास टोलीले आइतबार फेला पारेको प्रनाउ बस्नेतले जानकारी दिनुभयो ।

अभियुक्त आइतराजले हत्या आफैँले गरेको प्रहरीसमक्ष स्वीकार गरेको र उनलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।