0 COMMENTS

काठमाडौं२७असाेज०७५/ बन्द दराजभित्र राखिएको श्रीपेच सर्वसाधारणका लागि खुला गरिने भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो सोमबार बुलेटप्रुफ सिसाभित्र राखिएको श्रीपेचको पहिलो अवलोकन गर्ने भएका छन् ।

नारायणहिटी दरबारलाई संग्राहलय बनाइएको एक दशकपछि श्रीपेच खुल्ला गर्न लागिएको हो ।संग्राहलयको श्रीपेच, राजदण्ड, दुईवटा मेस, ढाल तरबार, रानीले लगाएको मुकुट(टायरा), एउटा झारी, दुईवटा चमरसहितका एक दर्जन सामाग्री बुलेटप्रुफ शोकेसभित्र राखिने भएको छ ।संग्राहलयको सुर्खेत र रुपन्देही कक्षमा ती सामाग्री राख्न लागिएको हो ।पूर्वराजाले नारायणहिटी दरबार छाडेपछि श्रीपेचलगायतका सामाग्री वि.स.२०६५ जेठ २९ गते शैलुनमा राखिएको थियो । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।