0 COMMENTS

नेपाली हिन्दु धर्मालम्बीको महान् पर्व दशैंको अबसरमा आज देशभरका शक्तिपीठका साथै घरघरमा पुजाअारधना गरी मनाइदै छ ।विशेषगरी शक्तिस्वरुपा महाकालीको विशेष पूजा गरी घरघरमा शक्तिपीठ र देवी मन्दिहरुमा नवदुर्गा भवानीको पूजा गरेर मनाइदै छ ।  विहानै देखि शक्तिका प्रतिक मानिने महाकाली र देवी भगवतीका मन्दिरमा भक्तजनहरुको भीड लागेको छ ।

काठमाडौं उपत्यकका दक्षीणकाली, नक्साल भगवती, मैतीदेवी, गुह्येश्वरी, कालिकास्थान शोभा भगवती, भद्रकाली, नरदेवी, बज्रबाराही, बज्रबाराही बंगलामूखि लगायतका शक्तिपीठमा बली दिने पूजा आराधाना गर्नेको भीड लागेको छ । त्यस्तै गोरखाको गोरखकाली, चितवनको मौला कालिका, काभ्रेको पलाञ्चोक भगवती, नेपालगञ्जको बागेश्वरी, धादिङको त्रिपुरासुन्दरी लगायत देशैभरका शक्तिपीठमा भत्तलजनको घुइँचो लागेको छ ।यसै अबसरमा समाजकाे अावाज डटकम ले काठमाडौं उपत्यका देखी दक्षीण तीर रहेकाे  दक्षीणकालीकाे भीडीयाे रीपाेर्ट ।[view_video url=”KJfLOlx91BM”]  

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।